फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पूँजीको स्थिरताका लागि चीनका बीस कदम

(GMT+08:00) 2019-11-08 16:30:51

हिजो फेब्रअरी सात तारिख चीनको राज्य परिषदले विदेशी पूँजीको प्रयोगलाई अझै प्रभावकारी बनाउने बारेमा दिएको सुझाव सार्वजनिक गर्दै खुलापनलाई गहन पार्न, लगानीको प्रवर्द्धन शक्तिलाई विस्तार गर्न, लगानी सुविधालाई सुधार र विदेशी व्यवसायीको लगानीको बैधानिक अधिकारको संरक्षण गरी चार क्षेत्रका बीस वटा कमदको बन्दोबस्त गरेको छ। यी कदमले चीनमा लागनी गर्ने विदेशी व्यवसायका लागि अझ विशिष्ट वाणिज्य वातावरण सिर्जना हुनेछ।

उक्त सुझावका अनुसार निरन्तर रुपमा पूरै राष्ट्र र स्वतन्त्र व्यापार परीक्षण क्षेत्रमा विदेशी व्यवसायले लगानी लगाउने अनुमोदन सम्बद्ध नकारात्मक सूचीलाई हटाउदै खुलापन कदमलाई प्रभावकारी रुपमा व्यवहारमा उतार्नलाई प्रत्याभूति गर्दै जाने छ। चीनमा रहेका विदेशी बैंक, धितो कम्पनी, कोष व्यवस्थापन कम्पनी आदि बैंकिङ्ग संस्थाको व्यापारिक कारोबारको सीमिततालाई रद्द पनि गर्ने भएको छ।

जानकारी तथा लेखहरु