फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बैज्ञानिक प्राविधिक आयात एक्स्पो"द्वारा भविष्य उज्यालो बनाउने

(GMT+08:00) 2019-11-08 18:17:28

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा पछिल्लो उच्चस्तरीय बैज्ञानिक प्राविधिक उत्पादित बस्तु पहिलो पटक विश्वसमक्ष सार्वाजनिक भएको छ। यो विषय नै पूरै एक्स्पोमा उज्जालो केन्द्रविन्दू बनेको छ। यी नयाँ बैज्ञानिक प्राविधिक उपलब्धिले जनताको जीवनलाई गहन सुधार गर्नुका साथै सारा विश्वको अर्थतन्त्रको बृद्धिका लागि नयाँ प्रवर्द्धन शक्ति पुर्‍याउने छ।

वर्तमान नयाँ चरण बैज्ञानिक प्रविधि क्रान्ति र व्यवसायको सुधार ऐतिहासिक महत्वपूर्ण अवधिमा रहेको छ। विश्वको अर्थतन्त्रमा नयाँ व्यवसाय शैल र नयाँ प्रवर्द्धन शक्ति लगातार रुपमा जन्मेको देखिन्छ। बैज्ञानिक प्रविधि र अर्थतन्त्रले गहन रुपमा मिलाइरहेको छ। आयात एक्स्पोले एक महत्वपूर्ण अभ्यास मञ्चको रुपमा एक सयभन्दा बढी उत्कृष्ठ उत्पादित बस्तु,प्रविधि र सेवालाई"विश्वको पहिलो प्रकाशन"गरेर आकर्षित गरेको छ।

पहिलो एक्स्पोको भन्दा दोस्रो एक्स्पोसँग अझ उच्च बैज्ञानिक प्राविधिक कारकतत्व रहेको छ। हाल उच्च गुणस्तरीय विकासउन्मुख चीनका सामु व्यवसाय शैलीको परिवर्तनको माग रहेको छ। चीनको उपभोग्य उकासिँदै भएकाले बैज्ञानिक प्रविधिको नविनता तथा अनुप्रयोगका लागि राम्रो मञ्च सिर्जना गर्छ।

बैज्ञानिक प्रविधि विकासको पहिलो प्रवर्द्धन शक्ति हो। बैज्ञानिक प्रविधिको नविनता र बौद्धिक सम्पत्ति अधिकारको संरक्षणसित अलग हुनसक्दैन। केही वर्षयता चीनको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणमा ठूलो प्रगति पाइएको छ। यस एक्स्पोमा धेरै उच्च बैज्ञानिक प्राविधिक उत्पादित बस्तु प्रदर्शन गरेर विदेशी व्यवसायले चीनको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई उच्च उच्च मान्यता दिएको प्रतिबिम्बित भएको छ।

वर्तमान एकपक्षीयवाद र व्यापार संरक्षणवाद बढेको प्रभावमा आर्थिक बृद्धि घट्ने दवाव ठूलो बन्दै गएकाले विश्व अर्थतन्त्रले नयाँ प्रवर्द्धन शक्ति खोज्न थालेको छ। दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शन गरिएका विविध उत्कृष्ट बैज्ञानिक प्राविधिक उत्पादित बस्तुले विश्व अर्थतन्त्रको बृद्धिका लागि नयाँ शक्ति सिर्जना गर्दछ। अनि"बैज्ञानिक प्राविधिक आयात एक्स्पो"ले भविष्यलाई उज्यालो बनाउने छ।

जानकारी तथा लेखहरु