फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोबाट "चिनियाँ बजार"का चार आकर्षण

(GMT+08:00) 2019-11-09 15:08:40

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो धुमधामसँग भैरहेको छ। विश्वबाट आएका व्यवसायहरुले एक्स्पोमा सकेसम्म आ-आफ्ना सबैभन्दा नयाँ,राम्रो र प्रतिस्पर्धा शक्तिसहित उत्पादित बस्तुको प्रदर्शन गर्दै चिनियाँ बजारमा प्रवेश गर्न प्रयास गरिरहेका छन्।

"चिनियाँ बजार यति ठूलो छ भने सबैलाई स्वागत गर्दछ।"यो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्वसमक्ष गरिएको सदिच्छापूर्ण निमन्त्रणा हो। विश्वको वर्तमान आर्थिक परिस्थितिमा चालीस करोड मध्यम आय भएका जनता लगायत एक अर्ब चालिस करोड जनसंख्या रहेको चिनियाँ बजार नै खास गरी विश्वका व्यवसायका लागि छुटाउन नसक्ने अवसर हो। एक्स्पोबाट स्पष्ट रुपमा चिनियाँ बजारका चार आकर्षण शक्ति देखिएका छन्। प्रथम चिनियाँ बजारको विशाल उपभोग क्षेत्र हो। हाल चीन नै विश्वका 120 मुलुक तथा क्षेत्रका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदारी हो। चालु वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल आयात रकम 104 खर्ब 30 अर्ब चिनियाँ युआन पुगेको छ। चीनको अर्थतन्त्र उच्च गुणस्तरतर्फ विकसित भैरहेको बेलामा चिनियाँहरुको उपभोग स्तर उकासिँदै गएको छ। उदाहरणका लागि चालु वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको सिँगार पटारका सामानको आयात रकम गत वर्षको सोही अवधिको तुलनामा 39.9 प्रतिशतले बढेको छ। एक्स्पोको गुणस्तरीय जीवन मण्डपमा विभिन्न व्यवसायले कृत्रिम बुद्धिमत्ता प्रविधिसहित व्युटी मेशिन आदि उच्च प्राविधिक उत्पादित बस्तुको प्रदर्शन गर्न प्रतिस्पर्धा गरेका छन्।

"बलियो हार्डवेयर प्रबन्ध" चिनियाँ बजारको अर्को आकर्षण शक्ति हो। केही दशकको विकास पार गरी चीनले उत्तम पूर्वाधार प्रबन्ध र बलियो रसद नेटवर्कको स्थापना गरेको छ। जसले विदेशी उत्पादित बस्तु र सेवाले सुचारु रुपमा चीनका विभिन्न स्थलमा पुर्‍याउनसक्छ।

सुधारिँदै गएको वाणिज्य वातावरण पनि चिनियाँ बजारको एक आकर्षण शक्ति हो। एक्स्पोमा भाग लिएको दानोन समूहका उप महाप्रबन्धक ब्रुनो चेभोटले चीनको वाणिज्य वातावरणको खुलापन, इ-वाणिज्यको विकास र स्वतन्त्र व्यापार क्षेत्रको विस्तारको प्रशंसा गर्नुभएको छ। उहाँका अनुसार उक्त वाणिज्य वातावरणले दानोनको उच्च गुणस्तरीय उत्पादित बस्तुलाई चीनमा भित्र्याउनेमा उपयोगी भूमिका सिर्जना गरेको छ।

वर्तमान चीनले बैज्ञानिक प्रविधिको नविनताले उच्च गुणस्तरको विकासलाई निर्देशन गर्ने प्रयास गरिहरेको छ। यो चिनियाँ बजारको शक्तिशाली आकर्षण शक्ति हो। झन झन बढी विदेशी मुलुकले चीनमा नयाँ उत्पादित बस्तु र प्रविधिको अनुसन्धान तथा विकास गर्दैछन्। योजनाबमोजिम भावी 15 वर्षमा चीनको आयातित बस्तु र सेवा क्रमशः 300 खर्ब र 100 खर्ब अमेरिकी डलर हुने छ। एक झन झन बढी खुला चिनियाँ बजारले सारा विश्वका लागि अझ ठूलो वाणिज्य तथा व्यापारिक अवसर सिर्जना गर्दै शिश्वको अर्थतन्त्रका लागि शक्तिशाली प्रवर्द्धन शक्ति पुर्‍याउने छ।

जानकारी तथा लेखहरु