फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अक्टोबर महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक साढे ११ प्रतिशतले बृद्धि

(GMT+08:00) 2019-11-10 15:02:22

गत अक्टोबर महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १५ हजार ३७ पुगेको छ। यो संख्या अघिल्लो वर्षको अक्टोबर महिनाको तुलनामा ११.५ प्रतिशतले बढेको हो। जनवरीदेखि अक्टोबरसम्म नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या एक लाख ३४ हजार २ सय ८१ पुगेको छ।

नेपाल पर्यटन बोर्डले जारी गरेको विज्ञप्ति अनुसार चालु वर्षको दस महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ९ लाख ७५ हजार ५ सय ५७ पुगेको छ। यसमध्ये ८ लाख २० हजार ४ सय ९९ जनाले हवाइ यातायात प्रयोग गरेका छन् भने स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकको संख्या १ लाख ५५ हजार ५८ रहेको छ। अक्टोबर महिनामा मात्र नेपाल भरमण गर्ने पर्यटकको संख्या १ लाख ४३ हजार ८ सय ७० रहेको छ।

अक्टोबरमा भारतबाट आउने पर्यटकको संख्या १२ हजार २ सय सात पुगेको छ। यो संख्या अघिल्लो वर्षकोभन्दा ९.१ प्रतिशतले बढेको हो। त्यसैगरी बंगलादेशबाट नेपाल भित्रिने पर्यटकको संख्या २ हजार ७ सय ८६ रहेको छ। यो संख्या अघिल्लो वर्षको अक्टोबरको तुलनामा ५८.६ प्रतिशत बढी हो। सार्क मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पनि ७ प्रतशितले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु