फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको ग्रीसको भ्रमणले दुई देशबीचको सम्बन्धका नयाँ उचाइ थप्ने

(GMT+08:00) 2019-11-10 16:07:52

ग्रीसका राष्ट्रपति प्रोखोपिस पाभलोपौलोसको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यही नोभेम्बर दशदेखि बाह्र तारिखसम्म ग्रीसको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । यसप्रति ग्रीसका लागि चिनियाँ राजदूत चाङ छी य्वेले बताउनु भएअनुसार चीन र ग्रीसबीचको सम्बन्ध भिन्न परिमाण,भिन्न प्रणाली,भिन्न संस्कृतिबीच शान्ति रुपमा सहअस्तित्व र साझा पाइदाको एक नमूना बनेको छ। यी दुबै पक्षले विश्वको शान्तिको संरक्षण,साझा विकासलाई साकार तुल्यानु जस्तै आधारभूत मागमा उच्च सहमति पाउनुका साथै स्वतन्त्र व्यापार र बहुपक्षीयवाद आदि विषयमा समान अडान लिन्छन्। राष्ट्राध्यक्ष सीको यस भ्रमणले दुबै मुलुकबीचको सम्बन्धको विकास लागि नयाँ अध्याय सिर्जना गर्ने छ।

चीन र ग्रीस सबै पुरानो सभ्यता मुलुक हुन् भने आपसी गहन सभ्यता र जनताबीचको मित्रताले यी दुबै मुलुकको विकासका लागि बलियो आधार सिर्जना गर्दछ। राष्ट्राध्यक्ष सीको उक्त राजकीय भ्रमणप्रति ग्रीसका विभिन्न क्षेत्रले पूर्ण अपेक्षा गरेका छन्। सन् २०१८ अगष्टमा चीन र ग्रीसले बेल्ट एण्ड रोड सहयोगात्मक साझेदारीपत्रमा हस्ताक्षर गरेका थिए। यस वर्षको अप्रिलमा ग्रीस चीन-मध्य पूर्वी युरोप सहयोग प्रणालीको औपचारिक सदस्य मुलुक बनेको छ जसले "१६ जोड १ सहयोग"बाट"१७ जोड १ सहयोग"सम्म विस्तार भएको छ। राष्ट्राध्यक्ष सीको ग्रीसको भ्रमण यी दुबै मुलुकबीचको चौर्फी रणनीतिक साझेदारी सम्बन्धलाई प्रवर्द्धन गर्नु मात्र नभई चीन र युरोपबीचको सम्बन्धको विकासका लागि पनि महत्वपूर्ण भावार्थ सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु