फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रीसको मिडियामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित

(GMT+08:00) 2019-11-10 16:08:18

नोभेम्बर दश तारिख ग्रीसको राजकीय भ्रमण सुरु गर्नु अगाडि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ग्रीसको काथिमेरिनी नामक अखवारमा प्राचीन सभ्यताको बुद्धिमानबाट विकास गरौँ शीर्षकको लेख प्रकाशन गर्नुभएको छ।

लेखमा सन् १९७२ मा चीन र ग्रीसको दौत्य सम्बन्ध स्थापना भएयता विशेष गरी सन् २००६ मा दुई देशबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको र दुई पक्षले आपसी सम्मान र विश्वास गरी विभिन्न पक्षको सहयोग गरेका उल्लेख छ। चीन-ग्रीस सम्बन्धको विकासबाट प्राचीन सभ्यता बोकेका मुलुकबीच वर्तमान समाजमा आपसी हितयुक्त सहयोग गर्ने संभावना देखिएको पनि राष्ट्राध्यक्ष सीको लेखले समेटेको छ।

लेखमा हाल दुई देश बीचको विकास नयाँ अवधिमा रहेको उल्लेख गर्दै द्वीपक्षीय सम्बन्धसमक्ष नयाँ ऐतिहासिक अवसर देखा परेको औँल्याइएको छ। यो भ्रमणमार्फत ग्रीसका नेतासँग मिलेर चीन-ग्रीस सम्बन्ध विकासको नयाँ खाका कोर्ने इच्छा आफूले लिएको पनि राष्ट्राध्यक्ष सीले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ।

चीन र ग्रीसले प्राचीन सभ्यताको बुद्धिमान लिएर प्राचीन सभ्यता मुलुकको ऐतिहासिक जिम्मा लिई आपसी सम्मान, न्याय तथा निष्पक्ष, साझा फाइतायुक्त सहयोग हुने नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव भाग्य समुदायको रचना गर्नुपर्ने पनि लेखमा उहाँले दोहोर्‍याउनु भएको छ।

जानकारी तथा लेखहरु