फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेनाको आधारभूत निर्माणको चौतर्फी प्रगतिका लागि प्रयास गर्न राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2019-11-10 19:06:47

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सैन्य आयोगको आधारभूत तह निर्माण बैठक यही नोभम्बर आठदेखि दश तारिखसम्म पैचिङ्गमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक् एवं केन्द्रीय सन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त बैठकमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। उहाँका अनुसार नयाँ युगमा सेनाको आधारभूत तहको निर्माणलाई सुद्दढ पार्नु नै सेनाको पुनरुत्थान गर्ने आधार तथा शक्ति हो। पूरै सेनाले परम्परागत चलनको विस्तार गर्दै सुधार तथा नविनतालाई बलियो बनाउनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशन मानेर जित हासिल गर्ने बलियो आधारभूत तह हुर्काउनुपर्छ। जसले सैनिक कार्यलाई प्रवर्द्धन गर्नका लागि शक्तिशाली र बलियो आधार तथा समर्थन सिर्जना गर्नसकिने छ।

जानकारी तथा लेखहरु