फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा ट्रेडमार्क दर्ता गर्नेको संख्या ५० हजार

(GMT+08:00) 2019-11-11 15:10:26

नेपालमा ट्रेडमार्क दर्ता गर्नेको संख्या ५० हजार नाघेको छ। उद्योग विभागअन्तर्गतको ट्रेडमार्क शाखाकाअनुसार मध्यकात्तिकसम्म ट्रेडमार्क दर्ता गराउनेको संख्या ५० हजार भन्दा बढी नाघेको छ। ट्रेडमार्क दर्ता नै नगरी नेपालमा व्यापार गरेको आरोप लगाउँदै गत साउनमा उद्योग विभागमा उजुरी दर्ता गराएपछि व्यापारीको त्यसतर्फ चासो बढेको हो। पछिल्लो समय ट्रेडमार्क लिएर व्यापार गर्नेको संख्या वृद्धि भएको ट्रेडमार्क दर्ता शाखा प्रमुख शुप्रभा भट्टराईले बताउनुभयो।

सेतोपाटी अनलाइनका अनुसार ट्रेडमार्क लिन चाँहदैमा तत्कालै पाइँदै‌न। ट्रेडमार्क पाउन कम्तीमा पनि ९ महिना लाग्ने ट्रेडमार्क शाखाका कर्मचारी बताउँछन्।

स्वदेशी र विदेशी दुबै कम्पनीले नेपालमा ट्रेडमार्क दर्ता गराएर व्यापार गर्न सक्छन्। ट्रेडमार्क शाखाकाअनुसार स्वदेशी कम्पनीले ट्रेडमार्कका लागि फारम भर्नुपर्छ। त्यससँगै एक हजार रुपैयाँको दस्तुर तिरेको भौचर र स्थायी लेखा नम्बर (पान) दर्ताको प्रमाणित प्रतिलिपि र उद्योग दर्ता प्रमाणित प्रतिलिपिसमेत फारममा समावेश गर्नुपर्छ।

ट्रेडमार्क दर्ता गर्दा संस्था वा उद्योगले लोगो दर्ता गर्नुपर्ने भए ८/८ सेन्टिमिटरको ४ प्रति नमूना समावेश गर्नुपर्छ। यस्तो लोगो रंगिन प्रयोग गर्ने भए रंगिन नै तथा सादा प्रयोग गर्ने भए सादा फारममा समावेश गर्नुपर्छ। यो सबै कागजात लिएर ट्रेडमार्कको लागि सञ्चालक आफैं वा उसले अख्तियारी दिएको व्यक्तिले अख्तियारी पत्रसहित ट्रेडमार्क दर्ता गर्नसक्छ।

यसरी दर्ता गरेको ट्रेडमार्कको हरेक ७ वर्षमा नवीकरण गर्नुपर्छ। नवीकरणको लागि ३५ सय रुपैयाँ लाग्छ।

जानकारी तथा लेखहरु