फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा ग्रीसको राजकीय भ्रमण शुरू

(GMT+08:00) 2019-11-11 15:11:21

ग्रीसको स्थानीय समय अनुसार, नोभेम्बर १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा ग्रीस पुगेर त्यहाँको राजकीय भ्रमण शुरू गर्नुभएको छ।

विमानस्थलमा राष्ट्राध्यक्ष सीले विकासको निर्णायक चरणमा रहिरहेका चीन र ग्रीसले आपसी सम्बन्ध तथा वस्तुगत सहयोगलाई विस्तार गर्नु नै दुई देश तथा दुई देशका जनताको आधारभूत हित अनुकूल रहेको औंल्याउनुभएको छ। ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोस तथा प्रधानमन्त्री किरिआकोस मित्सोताकीस लगायतका नेताहरूसँगै नयाँ परिस्थितिमा आपसी सम्बन्धको विकासबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्न आफू प्रतिक्षारत रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

ग्रीसको राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सीले ब्राजिलमा आयोजना हुने ब्रिक्स मुलुकका नेतागणको ११औं भेट-वार्तामा भाग लिनुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु