फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका तीन शक्ति

(GMT+08:00) 2019-11-11 15:15:03

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो १० तारिख शाङहाईमा सम्पन्न भएको छ। ६ दिनको अवधिमा कूल १८१ देश, 44 क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी हुनुका साथै ३ हजार ८ सयभन्दा बढी व्यवसाय प्रदर्शनीमा सहभागी भए। एक्स्पोमा पाँच लाखभन्दा बढी विदेशी क्रेताले ७१ अर्ब १३ करोड अमेरिकी डलरको इच्छा सम्झौता गरेका छन्। यो पहिलो सीआईआईयीको तुलनामा २३प्रतिशतले वृद्धि भएको छ। यो उपलब्धिले अर्थतन्त्रको विश्वव्यापीकरणका लागि नयाँ शक्ति थप्नुका साथै विश्वको खुला तथा सहयोग र साझा विकासका लागि टेवा पुर्याएको छ।

सर्वप्रथम सीआईआईयीले सामान तथा सेवाको व्यापारमार्फत् व्यापारको विश्वव्यापीकरण तथा विश्वको आर्थिक वृद्धिलाई घच्घच्याएको छ। विश्वमा पहिलो आयातसम्बन्धी राष्ट्रिय प्रदर्शनीको हैसियतमा सीआईआईयी नै चीनले विश्वसामु सक्रिय रूपमा बजार खुला गर्ने महत्वपूर्ण कदम हो। वर्तमान संरक्षणवाद र एकपक्षीयतावाद बढेको पृष्ठभूमिमा दोस्रो सीआईआईयीमा सम्झौताको कुल रकम धेरै बढेको छ भने अन्तर्राष्ट्रिय स्तर अझ उच्च, व्यावसायिकता अझ बढी र विज्ञान तथा प्रविधि अझ उच्चस्तरीय भएको देखिन्छ। यो विश्वको आर्थिक वृद्धिका लागि प्रवर्द्धक बन्दैछ। ग्रीसका उप-विदेशमन्त्री कोस्टस फ्रागोगियनीसले "विश्व दृष्टिकोण"का टिप्पणीकारलाई अन्तर्वार्ता दिंदै विश्व अर्थतन्त्रका सामु धेरै अनिश्चितता देखा परेतापनि दोस्रो चीन अन्तर्रष्ट्रिय आयात एक्स्पोले ग्रीस र पूरै विश्वलाई ठूलो मौका दिएको कुरा बताउनुभयो।

त्यसका साथै सीआईआईयीले सँस्कृति तथा सिद्धान्तको आदान-प्रदानद्वारा सहमति जुटाएर संरक्षणवादको विरोध गर्ने र अर्थतन्त्रको विश्वव्यापीकरणलाई समर्थन दिने बलियो शक्ति देखाएको छ।

अझ महत्वपूर्ण कुरा के हो भने सीआईआईयीले पूर्ण रूपमा विश्वलाई "साझा बाँड्फाँड्" सिद्धान्त देखाउनुका साथै मानव भाग्य समुदायको संयुक्त निर्माण गर्ने अभ्यास बनेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्धाटन समारोहलाई सम्बोधन गर्दै अर्थतन्त्रको विश्वव्यापीकरणलाई अझ खुला, सहिष्णु, सार्वजनिक लाभान्वित, सन्तुलित र साझा विजयको दिशातिर विकास गरेर विकासको उपलब्धिलाई अझ बढी देश र सर्वसाधारणसमक्ष पुर्याउनुपर्ने कुरा औल्याउनुभयो। सीआईआईयी यो सिद्धान्तको ठोस अभ्यास हो।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले विश्वलाई चीनको ठूलो बजारगत निहितशक्ति र उपभोग क्षमता देखाउनुका साथै खुलापनलाई क्रमशः बढाउने, अर्थतन्त्रको विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारलाई समर्थन दिने अठोट तथा गतिविधि पनि देखाएको छ।

भविष्यमा चीनले निरन्तर रूपमा बजारगत खुलापनलाई बढाउन, खुलापन प्रणालीलाई पूरा गर्न, व्यापारको वातावरणलाई सुधार गर्न, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगलाई गहन पार्न र "बेल्ट एण्ड रोड"को साझा निर्माणलाई अगाडि बढाउनुका साथै बजार, लगानी तथा वृद्धिमा अझ बढी मौकाको सिर्जना गरेर साझा विकासलाई साकार तुल्याउनेछ।

जानकारी तथा लेखहरु