फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा ८८ जना प्रदर्शनकारी पक्राउ

(GMT+08:00) 2019-11-11 18:10:05

नोभेम्बर ११ तारिख बिहान सबेरै हङकङ प्रहरीले १० तारिख संगठित रूपमा सार्वजनिक प्रबन्ध तथा लक्षित पसलहरू तोडफोड, प्रहरीमाथि आक्रमण एवम् बाटो अवरोध लगायतका गतिविधिको कडा निन्दा गरेको छ। १० तारिख राती साढे ११ बजेसम्म प्रहरीले जम्मा गरी ८८ जना पक्राउ गरेको छ। अवैध रूपमा भेला भएर, हतियार प्रयोग गर्दै आपराधिक रूपमा सामान ध्वस्त पारेको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कुनै पनि व्यक्तिलाई कुनै पनि लक्ष्यको लागि हिंसाको प्रयोग गर्न छुट नदिने र कानून बमोजिम सामाजिक अनुशासनको पुनर्स्थापना गर्ने दृढता हङकङ प्रहरीले गरेको छ।

जानकारी तथा लेखहरु