फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय विभिन्न पक्षबाट ब्रिक्सद्वारा चीन र भारतको सम्बन्धलाई अगाडि बढाउने आशा

(GMT+08:00) 2019-11-11 18:45:51

 

नोभेम्बर १३ देखि १४ तारिखसम्म ब्राजिलमा ब्रिक्स मुलुकको एघारौं शिखर सम्मेलनको आयोजना हुनेछ। यो सम्मेलनको मुख्य विषयवस्तु "आर्थिक वृद्धिले नयाँ सिर्जना भविष्यको निर्माण" भन्ने रहेको छ। चीन र भारत ब्रिक्सका पाँच मुलुकहरूमध्ये सबैभन्दा बढी जनसंख्या र सबैभन्दा ठूलो बजार भएका मुलुक हुन्। ब्रिक्सको प्रारूपमा दुई देशको सहयोगकात्मक निहित शक्ति ठूलो छ। चीन र भारतका राष्ट्रनायकबीच दोस्रो अनौपचारिक वार्तापछि यो द्वीपक्षीय सम्बन्धलाई अझ घनिष्ट पार्ने सुनौलो अवसर हुने विचार भारतीय विभिन्न पक्षले गरेका छन्।

भारतीय वरिष्ठ मिडिया व्यक्ति एवम् टिप्पणीकार मालान नारायानानको विचारमा ब्रिक्स मुलुकले साझा विजय प्राप्त गरेमा विशेष गरी भारत र चीनले आपसी लाभको समन्वयन गर्नुपर्छ।

बीवाइडिको भारतीय बजारका प्रबन्धक जाय थाङ्गाचेल्भि उक्त सम्मेलनपछि चिनियाँ व्यवसायले भारतलाई अझ बढी रोजगारीको मौका दिने प्रतिक्षामा हुनुहुन्छ। साथै विभिन्न पक्षका गन्यमान्य व्यक्तिहरूले आर्थिक आदानप्रदानका साथै साँस्कृतिक आदान-प्रदानलाई पनि सबल पार्ने आशा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु