फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानबीचको सकारात्मक प्रतिक्रियाको चीनद्वारा स्वागत

(GMT+08:00) 2019-11-11 18:55:23

नोभेम्बर ९ तारिख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु शिख धर्मावलम्बीहरूले पाकिस्तानमा पवित्र यात्रा गर्न विशेष च्यानल संचालन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले भारतीय भावनाको आदर गरेर सहयोग दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। भारतले पाकिस्तानलाई धन्यवाद दिएको सकारात्मक सूचना सम्बद्ध समाचारमा दिइएको छ।

यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले भारत तथा पाकिस्तानबीचको सकारात्मक प्रतिक्रियाको स्वागत गर्नुभयो। दक्षिण एशियाका मुख्य मुलुक भारत तथा पाकिस्तानबीच मेलमिलापयुक्त सम्बन्ध राख्न दुवै पक्षको आधारभूत हितअनुकूल र यो नै अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा भएको पनि प्रवक्ता कङले बताउनुभयो। दुवै पक्षले एउटै दिशातिर उन्मुख वार्तामार्फत विद्यमान मतभेदलाई हटाएर यसै क्षेत्रको शान्ति तथा स्थिरताको संयुक्त संरक्षण गर्ने आशा पनि चीनले व्यक्त गरेको छ।

 

जानकारी तथा लेखहरु