फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको लागि पूर्वी तथा पश्चिमी प्राचीन मुलुकको बुद्धि प्रस्तुत

(GMT+08:00) 2019-11-11 19:34:42

११ तारिख ग्रीसको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच भेट-वार्ता भएको छ। भेट-वार्तामा आपसी राजनैतिक विश्वास वृद्धि, वस्तुगत सहयोग तथा सभ्यता वार्ताको प्रवर्द्धन गर्दै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्न पूर्वी तथा पश्चिमी प्राचीन मुलुकको बुद्धि प्रस्तुत गर्ने सहमति दुवै पक्षले जनाएका छन्।

सो वार्तामा चीन र ग्रीसले मैत्रीपूर्ण विश्वासिलो हितयुक्त सहविजेय सम्बन्धको नमूना, खुला तथा वस्तुगत सहयोगमार्फत चीन र यूरोप बीचको सहयोगको नमूना, सांस्कृतिक आदानप्रदान तथा सभ्यता एक अर्कालाई सिक्ने नमान र बहुपक्षीयतावादको संरक्षण गर्ने नमूनाको स्थापना गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ भने ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसले चीनको इतिहास तथा संस्कृतिको परम्परा होस वा दिनप्रतिदिन खुला, प्रगति र विकासको बाटोमा हिंडिरहेको वर्तमान चीनको तथ्यबाट 'सभ्यताको संघर्ष' तथा 'शक्तिशाली मुलुक प्रभुत्व'लाई भङ्ग पारिएको औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु