फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ धारणाबाट ब्रिक्स अझ सुनौलो

(GMT+08:00) 2019-11-15 17:09:43
दुई दिने ब्रिक्स मुलुक नेताणको एघारौं वार्ता १४ तारिख ब्राजिलको राजधानी ब्रासिलियामा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शिखर सम्मेलनको बैठकमा "हातमा हात मिलाएर सहयोगको नयाँ अध्याय खोलौं" शीर्षकको सम्बोधन गर्नुभएको छ। उहाँले विश्व आर्थिक विकास तथा अन्तर्राष्ट्रिय ढाँचाको परिवर्तित प्रवृत्तिबारे गहिरो रूपमा विश्लेषण गरेर केन्द्रिय समयमा ब्रिक्स पाँच मुलुकको जिम्मेवारीबारे तीनवटा सुझाव दिनुभएको छ। जसले बहुपक्षीयता र नयाँ उदीयमान बजारगत मुलुक तथा विकासोन्मुख मुलुकको साझा फाइदाको दृढ सुरक्षा गर्ने सक्रिय सूचना देखाएको छ।

दुई वर्षअघि ब्रिक्स मुलुकका नेतागणको स्यामन वार्ताले ब्रिक्स सहयोगलाई परम्परागत अर्थतन्त्र तथा राजनीतिबाट अर्थतन्त्र, राजनीति तथा सभ्यतासम्म अघि बढाएको थियो। यस ब्राजिल शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले यी तीन क्षेत्रमा ब्रिक्स मुलुकको आवश्यक जिम्मेवारी दोहोर्याउनुका साथै श्रृंखलावद्ध नीति तथा धारणा दिएर ब्रिक्स सहयोगलाई दिशानिर्देश गर्नुका साथै नयाँ गतिविधि योजनाको सिर्जना गर्नुभयो।

पहिलो, "शान्तिपूर्ण तथा स्थिर सुरक्षा वातावरणको सिर्जना" ब्रिक्स मुलुक लगायत नयाँ उदीयमान बजारको विकासका लागि निकै महत्वपूर्ण छ। विद्यमान विश्वमा परम्परागत तथा गैरपरम्परागत सुरक्षा धम्कीले विश्वव्यापी चुनौती बढेको छ। कूटनीति, सुरक्षा, आतंकवादको प्रतिरोध आदि क्षेत्रमा ब्रिक्स मुलुकको घनिष्ट रणनैतिक आदान-प्रदान तथा समन्वयले आफ्नो विकासका लागि सुदृढ सुरक्षा दिनुका साथै अन्तर्राष्ट्रिय व्यवस्थालाई अझ निष्पक्ष तथा उचित दिशातिर बढाउनेछ।

दोस्रो, "खुला तथा नयाँ सिर्जनशील विकास भविष्यको निर्माण" ब्रिक्स मुलुकका सर्वसाधारणको फाइदासँग सम्बन्धित रहेको छ। विद्यमान युगमा धेरै समस्याको मुल कारण विकासको असन्तुलन र अपूर्णता हो। नयाँ वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक सुधारले ब्रिक्स मुलुकलाई विकास समस्याको समाधान गर्ने नयाँ अवसर दिएको छ। त्यसैले राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकबीच नयाँ औद्योगिक क्रान्तिको साझेदारी सम्बन्धलाई गहन पारेर सहयोगात्मक उपलब्धिको सिर्जना गर्नुका साथै उच्च गुणस्तरीय विकासका लागि आह्वान गर्नुभयो।

तेस्रो, "आपसी सिकाइमा मानवजाति सभ्यता आदान-प्रदानको प्रवर्द्धन" ब्रिक्स सहयोगमा जनमतको आधार हो। जसले ब्रिक्स सहयोगको खुलापन तथा सहिष्णुता देखाएको छ।

ब्रिक्स सहयोगको संस्थापक सदस्यको हैसियतमा चीनले सधैं नै व्यवहारिक गतिविधिद्वारा योगदान दिंदैछ। यस ब्रिक्स शिखर सम्मेलनमा चीनको धारणाले ब्रिक्सको भावी सहयोगको मार्ग तथा दिशा स्पष्ट पारेको छ। ब्रिक्स सहयोगको दोस्रो सुनौलो दश वर्ष अझ उज्यालो हुने र जसले आफै र विश्वलाई नै फाइदा पुर्याउने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु