फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ समस्यामा तीनवटा स्पष्ट संकेत

(GMT+08:00) 2019-11-16 16:06:23
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख ब्रासिलियामा ब्रिक्स मुलुकका नेतागणको एघारौं वार्तामा सहभागी हुँदै वर्तमान हङकङको परिस्थितिबारे गम्भीर अडान व्यक्त गर्नुभएको छ। चीनका सर्वोच्च नेताले पहिलोपटक अन्तर्रष्ट्रिय सार्वजनिक मञ्चमा हङकङ घटनाको प्रकृति तथा खतरा, चिनियाँ केन्द्रिय सरकारले विशेष प्रशासनिक क्षेत्रीय सरकारप्रति देखाएको समर्थनको दृढता र चीनले राष्ट्रिय भौगोलिक अखण्डताको सुरक्षामा देखाएको दृढ अठोटको अभिव्यक्ति हो। जसले अन्तर्राष्ट्रिय समाजलाई स्पष्ट संकेत गरेको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, हङकङमा चलिरहेको उग्र हिंसात्मक आपराधिक गतिविधिहरूले कानूनी शासन तथा सामाजिक अनुशासनमा गम्भीर क्षति पुर्याएको छ भने हङकङको समृद्धि तथा स्थिरतालाई गम्भीरतातर्फ धकेलेको र एक देश दुई व्यवस्थाको सिद्धान्तको रेखा गम्भीरताका साथ उल्लंघन गरेर चुनौती दिएको छ। यी तीनवटा गम्भीरताले अन्तर्राष्ट्रिय समाजलाई हङकङ घटनाको वास्तविकता र भयंकर खतरालाई स्पष्ट पारेको छ।

हाल लगभग निरन्तर पाँच महिना चलिरहेको हङकङ कानुनको संशोधनका कारण हङकङको समाज अशान्तिपूर्ण परिस्थितिमा धकेलिएको र अर्थतन्त्रमा ठूलो क्षति तथा सर्वसाधारणमा गम्भीर सुरक्षा धम्की दिइएको छ। हिंसात्मक तत्वहरूले "हङकङको स्वतन्त्रता"को नारा उराल्दै यातायात बन्द गर्नुका साथै कुटपिट-लुटपाट तथा आगजनी गरेर प्रहरी तथा सर्वसाधारणमाथि प्रहार गरेका छन्। जसबाट एकजना निर्दोष सर्वसाधारणको मृत्यु भयो। अन्तस्करणदेखि नै मान्छेलाई पनि रीस उठ्छ। तर हङकङलाई अराजक पारेर चीनको विकासलाई रोक्नका लागि केही पश्चिमा राजनीतिज्ञ तथा सञ्चार माध्यमले हिंसात्मक आपराधिक गतिविधिको वेवास्ता गर्नुका साथै हिंसाको समर्थन गरेका छन्। चिनियाँ सर्वोच्च नेताले गम्भीर धारणा व्यक्त गरेर अन्तर्राष्ट्रिय समाजसमक्ष वास्तविकतामाथि प्रकाश पार्नुभयो। कुनै कानूनी मुलुकले पनि उक्त हिंसात्मक गतिविधिको वेवास्ता गर्नुहुँदैन।

विद्रोह तथा हिंसा बन्द गर्दै सामान्य अनुशासनको पुनर्स्थापना गर्नु नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको पनि सीले बताउनुभयो। हङकङका मुख्य प्रशासकको नेतृत्वमा विशेष प्रशासनिक सरकारले कानून बमोजिम शासन गर्न, हङकङ प्रहरीले कानून बमोजिम कार्य गर्न तथा हङकङका कानूनी संस्थाले कानून बमोजिम अपराधीलाई सजाय दिन केन्द्रिय सरकारले दृढताका साथ समर्थन दिँदै जाने कुरामा पनि सीले जोड दिनुभयो। तीनवटा "दृढताका साथ समर्थन"ले अन्तर्रष्ट्रिय समाजसमक्ष चिनियाँ केन्द्रिय सरकारको अडानलाई स्पष्ट पारेको छ। जसले कानून बमोजिम हङकङ समस्याको समाधानलाई महत्वपूर्ण बनाउन भूमिका खल्नेछ।

चीन सरकारको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा तथा विकासको फाइदालाई जोगाउने दृढताका साथै "एक देश दुई व्यवस्था" सिद्धान्तको कार्यान्वयन र हङकङ मामिलामाथि बाहिरी पक्षको हस्तक्षेपको विरोध गर्ने अठोट पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो। यी तीनवटा "दृढता"ले चीन सरकारको इच्छाशक्ति देखाएको छ।

जानकारी तथा लेखहरु