फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माइक पोम्पेओको दुष्प्रयासबाट आफैंमाथि आगजनी

(GMT+08:00) 2019-11-17 15:38:41

हाल हङकङमा उग्र हिंसात्मक आपराधिक गतिविधि निरन्तर चर्केबाट एक सयभन्दा बढी घाइते हुनुका साथै एकजना निर्दोष सर्वसाधारणको मृत्यु भयो। तर प्रशान्त महासागरको अर्को किनारामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस्तो हिंसात्मक गतिविधिको वेवास्ता गरेर फेरि निराधार रूपमा टिप्पणी गर्नुभएको छ। उहाँले चीनले अहिंसात्मक ढंगले हङकङ समस्याको समाधान गर्ने आशा गर्नुका साथै "एक देश दुई व्यवस्था"को वाहियात मूल्यांकन गर्नुभयो। यी वाहियात भनाईबाट दोहोरो मापदण्डमा कुनै कानूनी अवधारणा नराखिनुका साथै मानवजातिको अन्तस्करणको आधार रेखा नै उल्लंघन गरी सार्वजनिक रूपमा चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप गरिएको छ। जसले हङकङ मामिलाको प्रयोग गरी चीनमाथि दवाव तथा अराजकता थोपर्ने दुष्प्रयासलाई स्पष्ट पारेको छ।

धेरै तथ्य कुराहरूबाट हङकङका हिंसात्मक तत्वको श्रृखलावद्ध गतिविधि उग्र हिंसात्मक आपराधिक गतिवधि भएर कानूनी शासन तथा सामाजिक अनुशासनमा गम्भीर क्षति पुर्याएको, हङकङको समृद्धि तथा स्थिरतालाई गम्भीरतातर्फ धकेलेको र एक देश दुई व्यवस्थाको सिद्धान्तको रेखा गम्भीरताका साथ उल्लंघन गरेर चुनौती दिएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले कानूनबमोजिम हिंसात्मक आपराधिक तत्वलाई सजाय दिनु हङकङको कानूनी शासन तथा हङकङवासीको मानव अधिकारको संरक्षण हो।

हिंसात्मक आपराधिक गतिविधिको वेवास्ता गरे तापनि हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अत्यधिक संयमताले गरेको कानून कार्यान्वयनका गतिविधिमाथि पनि पोम्पेओले आलोचना गर्नुभयो। तर अमेरिकी "वाल स्ट्रिट कब्जा" आन्दोलन, फ्रान्सेली "पहेंलो भेस्ट" आन्दोलन र बेलायती लन्डनको दङ्गामा यूरोप तथा अमेरिकी मुलुकले प्रहरीको शक्ति क्रमशः बढ्ने अवस्थामा पश्चिमा राजनीतिज्ञले अहिंसाको आह्वान गर्दैनन्। किन हङकङको मामिलाबारे पोम्पेओले अर्को मापदण्ड लिनुहुन्छ?

"एक देश दुई व्यवस्था" चीनमा हङकङ फर्केपछि दीर्घकालीन समृद्धि तथा स्थिरतालाई कायम राख्ने सबैभन्दा राम्रो व्यवस्था हो। हङकङका सञ्चार माध्यमले "एक देश दुई व्यवस्था" हङकङको विकासका लागि सबैभन्दा ठूलो श्रेष्ठता भएको टिप्पणी गरेको छ। पोम्पेओले हङकङमाथि कानूनबमोजिम चिनियाँ केन्द्रिय सरकारको व्यवस्थापनबारे निराधार मूल्यांकन गरेर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप र कालो दल्नुभयो। यो आधारभूत अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको नियमको उल्लंघन हो।

साथै पोम्पेओको भनाईले हङकङको हिंसात्मक घटना चीनविरोधी अमेरिकी शक्तिसँग सम्बन्धित भएको वा अमेरिकी शक्तिबाट नियन्त्रण गरिएको भन्ने पुष्टि गरिएको छ। वर्तमान केही अमेरिकीले हङकङमा "रंग क्रान्ति"द्वारा चीनमा अराजकता थोपर्ने खतरा योजनावद्ध रूपमा सार्वजनिक भएको देखिन्छ।

जानकारी तथा लेखहरु