फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा उग्र हिंसात्मक आपराधिक गतिविधिका तीनवटा जोखिम

(GMT+08:00) 2019-11-17 15:53:27

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रासिलियामा ब्रिक्स मुलुकका नेतागणको एघारौं वार्तामा सहभागी हुँदै हङकङमा चलिरहेको उग्र हिंसात्मक आपराधिक गतिविधिहरूले कानूनी शासन तथा सामाजिक अनुशासनमा गम्भीर क्षति पुर्याएको र हङकङको समृद्धि तथा स्थिरतालाई गम्भीरतातर्फ धकेलेको बताउनुभएको थियो। साथै उहाँले एक देश दुई व्यवस्थाको सिद्धान्तको सीमारेखा पनि गम्भीरताका साथ उल्लंघन गरेर चुनौती दिइएको बताउनुभयो। यी तीनवटा गम्भीरताले उग्र हिंसात्मक आपराधिक गतिविधि वास्तविकता र भयंकर खतरालाई स्पष्ट पारेको छ।

हङकङमा कानुन संशोधनका घटनादेखि पश्चिमा केही मान्छेहरूले हङकङलाई अराजक तुल्याएर चीनमाथि नियन्त्रण गर्ने लक्ष्यका लागि दोहोरो-मापदण्ड अपनाइरहेका छन्। उनीहरूले सही तथा गलत र सेतो तथा कालोलाई उल्टो पारेर हिंसात्मक तत्वलाई प्रजातान्त्रिक सेनाको रूपमा उल्लेख गर्नुका साथै हङकङमा भएको हिंसात्मक आपराधिक गतिविधिलाई "सुन्दर दृश्य"को रूपमा व्याख्या गरेका छन्। तर वास्तवमा हिंसात्मक तत्वहरूले यातायात बन्द गर्नुका साथै कुटपिट-लुटपाट तथा आगजनी गरेर प्रहरी तथा सर्वसाधारणमाथि प्रहार गरेका छन्। यो शान्तिपूर्ण भेला नभएर मानवजातिको अन्तस्करण र नैतिकतामाथि चुनौती र हङकङवासीको प्रजातन्त्र र स्वतन्त्रतामाथिको क्षति हो। विशेषगरी हाल हिंसात्मक आपराधिक गतिविधि क्रमशः बढ्दै जाँदा लगभग एक सय जना घाइते हुनुका साथै एकजना निर्दोष सर्वसाधारणको मृत्यु भएको छ। हङकङवासीहरूले हिंसाको त्रासदीमा दिन बिताएका छन्। कानूनी शासन हङकङको गौरवपूर्ण केन्द्रिय मूल्य हो। तर हिंसात्मक तत्वहरूको गतिविधिले कानूनी शासन तथा सामाजिक अनुशासनमा गम्भीर क्षति पुर्याएको छ। त्यसैले कानूनले त्यस्तालाई गम्भीर रूपमा सजाय दिनुपर्छ।

पाँच महिनामा हिंसात्मक तत्वहरूले बाहिरी शत्रु शक्तिसँग मिलेर हङकङस्थित केन्द्रिय सरकारी संस्थामाथि आक्रमण, राष्ट्रिय प्रतीकमा फोहोर तथा क्षति, राष्ट्रिय झण्डाको अपमान र हङकङको स्वतन्त्रताको नारा लगाए। यो राष्ट्रिय सम्मानमाथि उल्लंघन हुनुका साथै एक देश दुई व्यवस्थाको सिद्धान्तको गम्भीरताका साथ चुनौती दिइएको हो। कुनै सार्वभौम मुलुकले यसमा सहिष्णुता अपनाउन सक्दैन।

चीनमा फर्किएको २२ वर्षयता हङकङले एक देश दुई व्यवस्थाको प्रारूपमा राम्रो विकास उपलब्धि हासिल गरेको छ। तर चलिरहेको उग्र हिंसात्मक आपराधिक गतिविधिका कारण हङकङको निर्यात तथा उपभोगमा तीव्र मन्दी छाउँदैछ। हङकङ विशेष प्रशासनिक सरकारी तथ्यांक व्यूरोले प्रकाशित गरेअनुसार, तेस्रो त्रैमासिक अवधिमा हङकङको जीडीपी दोस्रो त्रैमासिकको तुलनामा ३.२प्रतिशतले घटेको छ। यो निरन्तर दुई त्रैमासिक अवधिमा नकरात्मक वृद्धि हो।

चीनका सर्वोच्च नेताले पहिलोपटक अन्तर्राष्ट्रिय जगतमा हङकङको उग्र हिंसात्मक आपराधिक गतिविधिको जोखिमबारे विश्लेषण गर्दै विद्रोह तथा हिँसा बन्द गर्नुका साथै सामान्य अनुशासनको पुनर्स्थापना गर्नु नै वर्तमान हङकङको सबैभन्दा जरूरी कार्य भएको प्रकट गर्नुभयो। जसले हङकङ परिस्थितिको स्थिरताका लागि दिशानिर्देश गरिएको छ।

जानकारी तथा लेखहरु