फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङलाई हिलो छ्यापेर "न्युयोर्क टाइमस"ले निच काम गर्‍यो

(GMT+08:00) 2019-11-20 15:14:54

हालै "न्युयोर्क टाइम्स"ले तथाकथित "विशेष रिपोर्ट" सार्वजनिक गरी चीनको सिन च्याङमा आतंकवाद विरुद्ध तथा उग्रवादलाई उन्मुलन गर्ने कार्यलाई भ्याएसम्म हिलो छ्यापेको छ। सिन च्याङ युगुर स्वायत्त प्रदेशका प्रवक्ताले यसको खण्डन गर्दै यो लेख स्वदेश र विदेशका शत्रुतापूर्ण शक्ति साँठगाँठ भएर सिन च्याङलाई हिलो छ्यापेको बताउनुभयो। "न्युयोर्क टाइम्स"को यस्तो निच कामले समाचार सम्बन्धी पेशागत नैतिकता विपरीत काम गर्नुका साथै चीनको विचारविज्ञानप्रति पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुको पक्षपात र चीनलाई हिलो छ्याप्ने षड्यन्त्र भएको छ।

१६० वर्ष भन्दा बढी लामो इतिहास रहेको "न्युयोर्क टाइम्स" आफूलाई पश्चिमी मुलुकका सञ्चार माध्यमहरुको वरिष्ठ प्रतिनिधि मान्छ। तथापि "स्वतन्त्र समाचार"मानिने यो समाचार पत्रले सधैं "झुटो कुरा" सम्प्रेषण गरेर भद्दा छाप छोडेको छ। सन् २००३ देखि यस समाचार पत्रका पत्रकारले धेरै पटक झुटो समाचार बनाएको र अरु पत्रकारको लेख चोरेको समाचार बाहिर आएको छ। चीनको रिपोर्ट गर्ने सम्बन्धमा "न्युयोर्क टाइम्स"ले बारम्बार चीनलाई हिलो छ्यापेको छ जसबाट पश्चिमी मुलुकका केही राजनीतिक शक्तिले चीनको विकासलाई रोक्ने इच्छा पूरा गर्न सकोस्। "न्युयोर्क टाइम्स"को प्रतिनिधित्वमा रहेका केही पश्चिमी माध्यमले चीनका विभिन्न क्षेत्रमा हासिल भएको उपलव्धि नदेखेर स्थायी रुपमा चीनलाई अपमान गर्दै आएको छ। तथापि सिन च्याङले हाल आतंकवाद विरुद्ध तथा उग्रवादको उन्मुलन क्षेत्रमा प्राप्त गरेको प्रगति सबैले देखेका छन्। वितेका ३ वर्षमा सिन च्याङमा एउटा पनि हिंसात्मक घटना भएका छैनन्। सिन च्याङमा बसोबास गर्ने विभिन्न जातिका नागरिकको बाँच्ने अधिकार, स्वास्थ्य अधिकार तथा विकासको अधिकार लगायत आधारभूत अधिकारको सुनिश्चितता भइसकेको छ।

जानकारी तथा लेखहरु