फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक सर्वेक्षणको प्रतिवेदनका तीनवटा सकारात्मक संकेत

(GMT+08:00) 2019-11-20 18:46:31

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले नोभेम्बर २० तारिख चौथो राष्ट्रिय आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा बिगत ५ वर्षदेखि चीनको आर्थिक परिमाण स्पष्ट रुपमा विस्तार हुँदै आएको, आर्थिक बनौट निरन्तर रुपमा सुधार हुँदै आएको र आर्थिक गुणस्तर लगातार रुपमा उकासिँदै आएको प्रतिबिम्बित गरिएको छ। प्रतिवेदनले चीनको अर्थतन्त्र उच्चगुणस्तरीय विकास हुने दिशातर्फ स्थिर रुपमा अघि बढ्दै जाने प्रष्ट पारेको छ।

सन् २००४ देखि चीनले प्रत्येक ५ वर्षमा राष्ट्रिय आर्थिक सर्वेक्षण गर्ने गरेको छ। त्यस सर्वेक्षणलाई राष्ट्रिय अर्थतन्त्रको ठूलो शारीरिक जाँचबुझ पनि भनिन्छ। बितेका २ वर्षको अवधिमा चौथो राष्ट्रिय आर्थिक सर्वेक्षणले चीनमा दोस्रो व्यवसाय र तेस्रो व्यवसायको सञ्चालन गर्ने १० करोडभन्दा बढी एकाई, व्यावसायिक गतिबिधि चलाउने संस्था र निजी कारोबार व्यापारीका लागि विस्तृत र सम्पूर्ण रुपमा सर्वेक्षण गरेको छ।

जानकारी तथा लेखहरु