फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोहोरो मापदण्ड अपनाउँदै अमेरिका आफैँ अपमानित

(GMT+08:00) 2019-11-21 18:38:37

अमेरिकी कंग्रेस सिनेटले हाल "हङ कङको मानव अधिकार तथा प्रजातन्त्र ऐन २०१९" पारित गरी उदण्ड रुपमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी गम्भिर रुपमा अन्तर्राष्ट्रिय ऐन तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डमाथि उल्लंघन गरेको छ। चीनले यसको कडा शब्दमा निन्दा गर्नुका साथै यसको दृढताका साथ विरोध गरेको छ। यस्तो "लामो हातबाट व्यवस्थापन"को प्रभूत्ववादी गतिबिधि विफल हुने र अमेरिकाको दोहोरो मापदण्ड चुहेको छ।

विश्वमा एक मात्रै महाशक्ति मुलुकको रुपमा अमेरिकाले दीर्घकालीन अवधिदेखि विदेशी मामिलामा तथाकथित प्रजातन्त्र, स्वतन्त्रता तथा मानव अधिकारको निहुँ लिएर प्रभुत्ववाद गर्दै आएको छ। बाल्कन प्रायद्वीपबाट मध्य-पूर्व क्षेत्रसम्म, अफगानिस्तानबाट सिरियासम्म, बितेका २० वर्षमा अमेरिकाले "सदगुण नाउँ"मा धेरै युद्ध भड्काएर अनेकन् मानवतावादी प्रकोप बनाएको छ।

अमेरिकी प्रहरीले सन् २०११ मा वालस्ट्रिटलाई ओगट्ने आन्दोलन, सन् २०१५ मा मारिल्याण्ड प्रदेशमा गराइएको हुल दंगालाई कडाका साथ दमन गरेको थियो। हङकङको वर्तमान हिंसात्मक आपराधिक घटना अमेरिकामा गराइने हो भने अमेरिकाले त्यसको के कसरी सामना गर्छ? अमेरिकाका केही राजनीतिज्ञले यस्तो हिंसात्मक आपराधिकलाई "एउटा सुन्दर दृश्य" भन्छन् र?

एउटा खालको घटना विभिन्न ठाउँमा भएपछि केही अमेरिकीका दुई वटा जवाफ छन्। जसबाट उनीहरुले प्रजातन्त्र, स्वतन्त्रता तथा कानुनी संचालनको सांचो रुपमा सम्मान गर्दैनन्, बरु उनीहरुले प्रजातन्त्र, स्वतन्त्रता तथा कानुनी संचालनमार्फत अरु देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने साधन बनाएको छ। उनीहरुको गतिबिधि वास्तवमा प्रजातन्त्रको दुरुपयोग गर्नु, कानूनी संचालनमा थिचोमिचो गर्नु तथा हिंसात्मक गतिबिधिको प्रचार-प्रसार गर्नु हो।

जानकारी तथा लेखहरु