फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बिद्वानद्बारा "चारवटा घाटा"को समाधान

(GMT+08:00) 2019-11-21 18:39:43

सिर्जनशील आर्थिक मञ्च २०१९ नोभेम्बर २१ तारिख पैचिङमा शुरु भएको छ। विश्वका ४० भन्दा बढी मुलुक र क्षेत्रका ५ सयभन्दा बढी प्रभावकारी व्यवसायका उच्च पदाधिकारी, वैज्ञानिक-प्राविधिक सिर्जनशील नेता र विद्बान विशेषज्ञहरूले भेला भएर नयाँ अर्थतन्त्र र नयाँ भविष्य विषयक मुख्य विषयबारे विचार विमर्श गर्ने छन्। उनीहरूले विश्वको आर्थिक सञ्चालन, व्यापार, विज्ञान-प्रविधि र पूँजीगत बजार लगायतका क्षेत्रमा नजर पुर्‍याएर वर्तमान विश्व सामु देखा परेका ठूल्ठूला चुनौतीबारे विचार-विमर्श गर्ने छन्।

विश्वका जनतासँगै मिलेर विद्यमान चारवटा घाटाको समाधान गर्ने नयाँ उपाय र नयाँ विचार खोज्नुका साथै सारा विश्वसमक्ष आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतावादलाई समर्थन गर्ने दृढ आवाज निकाल्दै जान चीन इच्छुक रहेको कुरामा चीनले उक्त मञ्चमा जोड दिएको छ।

गत मार्चमा आयोजित चीन-फ्रान्स सारा विश्व सञ्चालन मञ्चको समापन समारोहमा सहभागी हुँदै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति बमोजिम हाल अन्तर्राष्ट्रिय समाज सामु सञ्चालन घाटा, विश्वास घाटा, शान्ति घाटा र विकास घाटा गरी चारवटा घाटामा चुनौती देखा परेको औँल्याउनुभएको थियो। साथै उहाँले ती चारवटा घाटाको समाधान गर्न चिनियाँ बुद्धि बोकेको चिनियाँ योजना पनि प्रस्तुत गर्नुभएको थियो।

जानकारी तथा लेखहरु