फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निश्क्रिय सूचि सम्बन्धी व्यवस्था अझ पूर्ण हुने हो भने चीनको बजार अझ जिवन्त शक्ति

(GMT+08:00) 2019-11-22 18:34:45

चीन सरकारले आज नोभेम्बर २२ तारिख "बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि २०१९" सार्वजनिक गरेको छ। बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि व्यवस्थाको चौतर्फी रुपमा लागू भएदेखि यो पहिलो पटकको संशोधन हो। जसबाट बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि सम्बन्धी व्यवस्थामा निरन्तर रुपमा पूर्णता तथा सुधार हुँदै आएको बुझिएको छ। जसले चीनको बजारलाई अरु बढी प्रेरित शक्ति पुर्‍याउनुका साथै चिनियाँ बजारको आकर्षण बढाउनेछ।

गत वर्षको अन्त्यमा सार्वजनिक "बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि २०१८" चीनले बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि व्यवस्था अपनाएको एउटा द्योतक हो। जसका अनुसार, निश्क्रिय सूचिमा तोकिएको विषय बाहिरका उद्योग तथा क्षेत्रले समान रुपमा चिनियाँ बजारमा प्रवेश गर्न पाउँछ। यसको तुलनामा "बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि २०१९"मा अरु बढी विषय घटेको देखिन्छ। नयाँ भर्सनको निश्क्रिय सूचिमा घटिएका विषयहरु सेवामुलक उद्योगमा केन्द्रित छ। चालू वर्षको अघिल्लो तीन त्रैमासिक अवधिमा चीनको सेवामुलक उद्योगको उत्पादन मात्रा कूल गार्हस्थ उत्पादन मात्रामध्ये ५४ प्रतिशत रहेको छ। तथापि विश्वको परिधिबाट हेर्दा यो विकसित मुलुकहरुको सरदर स्तरभन्दा मुनि छ।

बजारमा भित्र्याउनका लागि निश्क्रिय सूचि सम्बन्धी व्यवस्था निरन्तर रुपमा पूर्ण भइरहेको सिलसिलामा विदेशी पूंजीद्वारा संचालित व्यवसायहरुले चिनियाँ बजारको विस्तार गर्ने अवसर प्राप्त गर्नेछन्। जसले चीनमा लगानी गर्ने उनीहरुको विश्वासलाई निसन्देह बढाउने छ।

जानकारी तथा लेखहरु