फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कठिन अवस्थामा हङकङलाई डामाडोल पार्न खोज्नु दिवा सपना मात्र

(GMT+08:00) 2019-11-22 18:40:26

हाल अमेरिकी कंग्रेसले तथाकथित हङकङको मानव अधिधार र प्रजातन्त्र कानुनी मसौदा २०१९ लाई पारित गर्दै जथाभावी रुपमा उग्रवादी हिंसात्मक अपराधीहरूलाई समर्थन दिनुका साथै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। अमेरिकाको यस्तो कारवाईले कठिन अवस्थामा हङकङलाई डामाडोल पार्न खोजेको कुचेष्टा जनमतसँग विपरीत भएकाले सफल हुन सक्दैन।

बिगत ५ महिनायता हङकङका उग्रवादी हिंसात्मक अपराधी तत्वहरूले बाह्य जगतका चीन विरोधी शक्तिसँग मिलेर हङकङमा शृङ्खलाबद्ध क्रुर र डर लाग्दा काण्ड मच्चाएका छन्। उनीहरूले कानुनी व्यवस्था र सामाजिक परिपाटीको गम्भीर उल्लंघन गरेको, हङकङको समृद्धि र स्थिरतालाई गम्भीर रुपमा ध्वस्त पारेको र एक देश दुई व्यवस्था नीतिको अडानलाई गम्भीर रुपमा उत्तेजक बनाएकाले आतंकवादको झन् झन् स्पष्ट विशेषता पनि देखा परेको छ। त्यसबाट हङकङलाई ज्यादै खतरनाक अवस्थामा लगेको देखिन्छ।

चीन सरकारले देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने अठोट, एक देश दुई व्यवस्था लागू गर्ने अठोट र हङकङ मामिलामा हस्तक्षेप गर्ने जुनसुकै बाह्य शक्तिको विरोध गर्ने अठोट पनि दृढताका साथ परिवर्तन हुने छैन। कठिन अवस्थामा हङकङलाई डामाडोल पार्न खोजेको कुरा दिवा सपना मात्र हुनेछ।

जानकारी तथा लेखहरु