फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हङकङ समस्या"को निहुमा चीनको विकासलाई रोक्ने कुचेष्टा निसन्देह विफल

(GMT+08:00) 2019-11-23 19:08:47

अमेरिकी कांग्रेसको सिनेटले तथाकथित "हङकङका मानव अधिकार तथा प्रजातन्त्र ऐन २०१९" पारित गरी तथ्य कुरालाई वेवास्ता गरी हङकङका उग्रवादी हिंसात्मक आपराधिक तत्वहरुको पक्षमा उभिएर उदण्ड रुपमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। जसबाट "हङकङ समस्या"को निहु लिएर चीनको विकासलाई रोक्ने केही अमेरिकीहरुको कुचेष्टा पूर्ण रुपमा चुहिएको छ। जनमतका विपरीत कानुन संचालनमा थिचोमिचो गरेको यो रानीतिक कुचेष्टा अवश्य नै विफल हुनेछ।

अहिले हङकङ हुल दंगा रोकेर अनुशासनको पुन:स्थापना गर्ने निर्णायक बेलामा पुगेको छ। केही अमेरिकीहरुले "हङकङका मानव अधिकार तथा प्रजातन्त्र ऐन २०१९"को तर्जुमा गरेको गतिबिधिको उद्देश्य हङकङको भविश्य तथा हङकङबासीहरुको हितलाई छोडेर हङकङ समस्याबाट चीनको रोकथाम गर्न खोज्नु हो।

हङकङ मामिला चीनको आन्तरिक मामिला हो, वाहिरका कुनै पनि शक्तिले त्यसमाथि हस्तक्षेप गर्न पाउँदैन। केही अमेरिकी राजनीतिज्ञहरुलाई चाँडै नै परिस्थिति बुझ्ने चेतावनी चीनले दिएको छ।

जानकारी तथा लेखहरु