फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्काका मुलुकमा दंगा उत्तेजना फैलाउनेलाई उल्टै हानी पुग्ने

(GMT+08:00) 2019-11-25 18:54:19

अमेरिकी कांग्रेसले हालै तथाकथित सन् २०१९ हङकङ मानवअधिकार तथा प्रजातन्त्र विधेयक पारित गरेको थियो जसले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी दंगा उत्तेजना फैलाउने नियत राखेको देखिन्छ। केही समययता केही अमेरिकीले प्रभुत्ववाद र शक्तिको राजनीति गरिरहेका छन् जसबाट अन्तर्राष्ट्रिय समूहको गहिरो घृणा र कडा निन्दाको सामना गर्नुपरेको छ।

अमेरिकाले हङकङ मामिलामा हस्तक्षेप गर्न थालेको एक दुई दिनका लागि मात्रै नभएको तथ्य धेरै पटक प्रमाणित भएको छ। साथै विगत दशौँ वर्षमा इराकदेखि सिरियासम्म अनि अफ्गानस्तानदेखि लिबियासम्म जहाँ अमेरिकाले हस्तक्षेप गर्यो, त्यहाँ अस्थिरता, गरिबी र दंगा नै हुन्छ।

वास्तवमा केही अमेरिकीले हिंसालाई हरियो बत्ती बालेबाट अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम नै गम्भीर रूपमा उल्लंघन भएको छ साथै स्वदेशको भविष्यलाई पनि रातो बत्ती देखाइएको छ। र पक्कै पनि हिंसा र आक्रमणको प्रत्याक्रमण पनि हुन्छ। उदाहरणको लागि मध्य-पूर्वका धेरै क्षेत्रमा अमेरिकाले युद्ध थोपरेपछि ठूलो मात्रामा शरणार्थीहरू उत्पादन गरेको छ जसले अमेरिकालगायत पश्चिमा मुलुकको सामाजिक व्यवस्थामाथि पनि ठूलो प्रभाव पारिएको छ। अन्ततः आफूमाथि नै हानि पुर्याइएको छ।

हङकङ चीनको हो तर कुनै अमेरिकीको हातमा रहेको चंगा होइन। चीन सरकारले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्ने अठोट, एक देश दुई व्यवस्था नीतिको पालना गर्ने अठोट, हङकङ मामिलामा अरू बाह्य शक्तिको हस्तक्षेपको विरोध गर्ने अठोट दृढ भइरहेको छ।

जानकारी तथा लेखहरु