फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिंसात्मक गतिविधि र डामाडोल परिस्थिति नियन्त्रण नै वर्तमान जनमतको आग्रह

(GMT+08:00) 2019-11-26 18:49:18

हालै अमेरिकी कांग्रेसले तथाकथित सन् २०१९ हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गरेको छ जसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी हिंसात्मक अपराधलाई समर्थन गरेको छ। चीनले त्यसको कडा विरोध र निन्दा गरेको छ। हाल हङकङसमक्ष मानव अधिकार र प्रजातन्त्रको समस्या देखापरेको होइन तर तत्काल भने हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्नुपर्छ। अमेरिकी प्रभूत्ववादी गतिविधि कानून र न्यायको वेवास्ताका साथ जनमतको माग विपरीत रहेकोले पक्कै विफल हुनेछ।

हिंसात्मक गतिविधि अन्तर्राष्ट्रिय समुदायको सार्वजनिक शत्रु हो भने हिंसात्मक गतिविधि र डामाडोल परिस्थितिलाई रोक्नु अन्तर्राष्ट्रिय समाजको मतैक्यता हो। अमेरिकामा भएको वालस्ट्रिट कब्जा आन्दोलन होस् वा बेलायती लण्डन लगायत क्षेत्रमा भएको ठूलो दंगा होस् दुई देशका सरकारले प्रहरी खटाएर कडा व्यवस्थापन गरेका थिए। हाल स्पेन, चिली सरकारले हिंस्रकलाई पक्राउ गरेका छन्। जसबाट हिंसात्मक गतिविधि र डामाडोल परिस्थिति रोक्नु नै विश्वको सामान्य सत्य हो भन्ने कुरा प्रमाणित भएको छ।

हङकङ गतिविधिको पाँच महिना यता हिंस्रकका अनेकौँ हिंसात्मक आपराधिक गतिविधिले कानूनी र सामाजिक व्यवस्थालाई गम्भीर रूपमा क्षति पुर्याउनुका साथै हङकङको स्थिरता र समृद्धि खल्बल्याएको छ साथै एक देश दुई व्यवस्था नीतिको 'बटम लाइन'मा चुनौती पैदा गरेको छ। अर्कोतिर हङकङ प्रहरीले कानून बमोजिम व्यवस्थापन गरी संयमता कायम राखिरहेका छन्। तर अमेरिकाले पारित गरेको हङकङ विधेयकले कालो-सेतोलाई उल्टो बनाएर हिंस्रक र हिंसात्मक गतिविधिको गोप्य रूपमा सहयोग गरिरहेका छन् जसबाट हङकङमा डामाडोल परिस्थिति निम्त्याउने र चीनको विकासलाई अवरूद्ध गर्ने लक्ष्य स्पष्ट रूपमा देख्नसकिन्छ।

ठूलो मात्राका प्रमाणबाट देख्नसकिन्छ हङकङ गतिविधिको रहस्य बाह्य शक्ति र चीन तथा हङकङ विरोधीले मिलेर तयार गरेको हङकङ संस्करणको रंग क्रान्ति हो र अमेरिकाले हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयक पारित गर्नु नै तीमध्ये निकै महत्वपूर्ण भाग हो।

आरामदायी कुरा के हो भने हाल हङकङ समाजको न्यायिक तत्वले खतरनाक गतिविधिमाथि झनै प्रहार गर्दैछन्। केही अमेरिकीले हिंसात्मक अपराधीलाई समर्थन र हङकङ विषयमार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तुरून्तै रोक्नुपर्ने आग्रह छ। यदि नरोकेमा चीनले बलियो कदम चालेर जवाफी प्रहार गर्नेछ। हङकङलाई डामाडोल बनाउने कुनै पनि लक्ष्य सफल हुनेछैन।

जानकारी तथा लेखहरु