फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ विधेयक राजनीतिक प्रहसन मात्रै

(GMT+08:00) 2019-11-28 18:46:38

अमेरिकी प्रशासनले २७ तारिख तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र विधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरी हङकङ मामिला र चीनको आन्तरिक मामिलामा सार्वजनिक रूपमा हस्तक्षेप गरेको छ। उक्त विधेयक जनमत विपरीत छ र केही अमेरिकी आफैँले निर्देशन तथा अभिनय गरेको राजनीतिक प्रहसन मात्रै हो। त्यसमाथि चीनले कडा विरोध गरेको छ र अन्तर्राष्ट्रिय समूहको कडा निन्दा पनि खेपेको छ।

सर्वप्रथम अमेरिकी तथाकथित हङकङ विधेयकले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्ध नियमको गम्भीर रूपमा उल्लंघन गरेको छ र त्यसको कुनै पनि कानूनी आधार छैन। दोस्रो, अमेरिकाले प्रजातन्त्र र मानवअधिकारको नाममा तथाकथित हङकङ विधेयक प्रकाशित गरी हिंस्रकलाई सार्वजनिक रूपमा समर्थन दिएको छ उस्को खतरनाक गतिविधिबाट अन्तर्राष्ट्रिय समूहलाई आक्रोशित बनाएको छ। तेस्रो, अमेरिकी विधेयकले हङकङका सर्वसाधारणको हित प्रतिकूल काम गरेकाले विरोधको सामना गर्नुपरेको छ। साथै उक्त विधेयकमार्फत् अमेरिकाले आफ्नै हितमाथि पनि क्षति पुर्याउनेछ।

नयाँ चीन स्थापनाको ७० वर्षयता देश-विदेशका चुनौतीको सामना गर्दै चीन स्वयं विकसित भइरहेको छ। यसपटक पनि पक्कै कठिनता हटाएर विकास गर्दै जानेछ।

जानकारी तथा लेखहरु