फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफैँ विनाश हुने बाटोमा अमेरिकी प्रभुत्ववाद

(GMT+08:00) 2019-11-30 19:18:05

हाल अमेरिकाले चीनको कडा चेतावनीलाई वेवास्ता गरी तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र बिधेयकलाई कानुनका रूपमा हस्ताक्षर गरी अन्तर्राष्ट्रिय समूहसमक्ष फेरि एक पटक अमेरिकी प्रभूत्ववाद र राजनीति शक्ति प्रदर्शन गरेको छ। जसबाट चीन सरकार र जनताको कडा विरोध पाउनुका साथै अन्तर्राष्ट्रिय समूहको व्यापक निन्दा पनि पाएको छ।

एकाइसौँ शताब्दीमा प्रवेश भइसकेको आजको दुनियामा शान्ति र विकास सबैको मनमा छाएको छ भने अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिकीकरण र अन्तर्राष्ट्रिय व्यवस्था बहु-ध्रुवीय प्रमुख प्रवाह बनेको छ। अमेरिकाले अझै प्रभुत्व लाध्ने काम गरिरहेको छ। यदि प्रभूत्ववादी बाटोमा हिँडिरहेमा पक्कै विनाश हुने चीनको चेतावनी हो। यदि हङकङलाई अरू डामाडोम बनाएमा चीन-अमेरिका सम्बन्ध र दुई देशका महत्वपूर्ण क्षेत्रको सहयोगमा अझ ठूलो हानी पुग्नेछ। चीनले अवश्य नै जवाफी प्रतिक्रिया दिनेछ।

जानकारी तथा लेखहरु