फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डबल मानक लिएमा पक्कै विफल हुने

(GMT+08:00) 2019-12-01 15:51:11

हालै अमेरिकाले तथाकथित हङकङ मानवअधिकार र प्रजातन्त्र बिधेयकलाई कानूनको रूपमा हस्ताक्षर गरेको छ जसले प्रजातन्त्र र मानवअधिकारको निहुँमा हङकङ मामिलालगायत चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमभन्दा अति विपरित भएको छ। यसबाट अमेरिकाले डबल मानक लिएको झूटो र प्रभूत्ववाद समेत देखिएको छ। जनमतसँग विपरित अमेरिकी गतिविधि अवश्य विफल हुनेछ।

हङकङ हिंस्रकद्वारा गरिएको अपराधलाई अमेरिकाले निन्दा होइन उल्टै सुन्दर दृश्यको रूपमा वर्णन गरेको छ र हिंस्रकलाई समर्थन दिएको छ। वास्तवमा सम्बन्धित हिंस्रक दंगा अमेरिकामा देखिँदा अमेरिकी कानून् प्रवर्तन विभागले निकै कडा व्यवस्थापन गरेको छ। एक वर्षयता अमेरिकी कानून प्रवर्तन विभागले अमेरिकामा धेरै प्रदर्शनलाई कडा रूपमा रोकेको छ। प्रदर्शनकारीले प्रहरीमाथि हिंसात्मक गतिविधि चलाएमा पक्कै कडा सजायँ पाउँछ। फ्रान्सेली पूर्व कूटनीतिज्ञ लिओनेल भाइरोनले भन्नुभयो पसल लुट्ने, सार्वजनिक प्रबन्धमाथि क्षति पुर्याउने, स्कूललाई कब्जा गर्ने आदि गतिविधि पश्चिमी मुलुकमा भएमा त्यसलाई खराब र बदमाशी गतिबिधिको रूपमा लिइन्छ तर हङकङमा त्यसलाई प्रजातन्त्रको खोजको रूपमा व्यक्त गरिएको छ।

केही अमेरिकीले आफ्नो प्रभूत्वको संरक्षण गर्न आफ्नो हितसँग मिलेमा अपनाउने तर नमिलेमा त्याग्ने डबल मानक लिइरहेका छन्। जस्तो भनौँ: आतंकवाद विरोधको विषयमा अमेरिकाले निहुँ खोजेर विदेशमा आक्रमण युद्ध चलाएको छ तर अरू देशको उचित आतंकवाद तथा उग्रवाद विरोध नीतिलाई झूटो निन्दा गरेको छ, अमेरिकामा देखिने कम्जोर मानवअधिकार अवस्था लुकेको छ तर मानवअधिकारको निहुँमा अरू देशमाथि आक्रमण गरेको छ, व्यापारिक संरक्षणवाद चलिरहेको छ तर भन्सार करको निहुँमा अरू देशलाई बजार खुला गर्न लगाइरहेको छ, विश्वभरि निरिक्षण गरिरहेको छ तर आफू इन्टर्नेट प्रहारको शिकार हो भन्ने कुरा नक्कली रूपमा गुनासो गरेको छ। अमेरिकाका उक्त झूटो गतिविधिबाट पश्चिमी सहयोगी मुलुकलगायत धेरैजसो मुलुकलाई हानी पुगेको छ र कडा निन्दा पनि गरिएको छ।

अमेरिकाले थाहा पाउनुपर्छ भने डबल मानक एक दोहोरो तरबार हो अरूमाथि प्रहार गर्दा आफूलाई पनि क्षति हुन्छ। केही अमेरिकी कूटनीतिज्ञलाई हङकङ मामिलामा हस्तक्षेप रोक्न हाम्रो सुझाव छ

जानकारी तथा लेखहरु