फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति परियोजना निरन्तर रुपमा पूर्ण हुँदै

(GMT+08:00) 2019-12-02 08:48:12

चालू वर्ष कन्फ्युसियस इन्स्टिच्यूटको मुख्यालयको "खुला दिवस"को मुख्य विषय "चिनियाँ भाषा सम्बन्धी शिक्षाका लागि मेहनत गरौं, मानवीय आदान-प्रदानलाई अघि बढा‌औं" रहेको छ। जुन कन्फ्युसियस इन्स्टिच्यूटको लक्ष्य तथा कर्तव्य पनि हो। वितेका १५ वर्षदेखि चीन र विदेशको सदिच्छापूर्ण सहयोग तथा विभिन्न क्षेत्रको साझा प्रयासमा कन्फ्युसियस इन्स्टिच्यूटले चिनियाँ भाषाको पढाईबाट शुरु गरी संस्कृतिमार्फत आदान-प्रदान गरी विभिन्न मुलुकका जनताका चिनियाँ भाषा पढ्ने तथा चीनबारे जानकारी लिने मांग पूरा गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै चीन र विदेश बीचको मानवीय आदान-प्रदानलाई प्रबर्द्धन गर्न तथा चिनियाँ र विदेशी जनता बीचको मित्रतालाई गहन पार्नका लागि सक्रिय योगदान पुर्‍याएको छ।

विश्वविद्यालयबाट स्नातक भएपछि मैले मेहनतका साथ चिनियाँ भाषाको स्वअध्ययन गरेको थिएँ। तथापि मेरो बोल्ने स्तर कम्जोर थियो। त्यस अवधिमा मैले मु्म्बईमा एउटा स्तरीय चिनियाँ भाषा विद्यालय खोज्ने आशा गरेको थिएँ। मैले चिनियाँ भाषा राम्रोसँग जान्ने भएपछि मुम्बईमा चिनियाँ भाषा सिकाउने एक शिक्षक बन्नचाहेको थिएँ। यसै बेलामा एक जना जर्मन साथीले मलाई कन्फ्युसियस इन्स्टिच्यूटबारे जानकारी दिएको थियो। कन्फ्युसियस इन्स्टिच्यूटका शिक्षकको मद्दतमा म सफलताका साथ कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति प्राप्त गरी सन् २०१३ मा पहिलो पटक ह नान प्रान्तको चङ चौ शहर आएको थिएँ।

कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति परियोजना त्यसको मुख्यालयको एउटा महत्वपूर्ण प्रख्यात परियोजना हो। सन् २०१३ मा भारतको मुम्बईका विद्यार्थी थाङ हान मिङले छात्रवृतिमार्फत चीनको ह नान प्रान्तको चङ चौ शहरमा अध्ययन गर्ने मौका पाएका थिए। छात्रवृत्ति परियोजनामार्फत चीनमा पढ्ने अवसर प्राप्त गरेकामा उनी कन्फ्युसियस इन्स्टिच्यूटलाई कृतज्ञता ज्ञापन गर्छन्।

1  2  3  
जानकारी तथा लेखहरु