फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिंसात्मक गतिविधिको समर्थन गरेर हङकङलाई तहसनहस बनाउनेले जनताको मन जित्न सक्दैनन्

(GMT+08:00) 2019-12-02 18:29:52

हालै अमेरिकामा 'हङकङको मानवअधिकार तथा प्रजातन्त्र विधेयक' कानुन बनेको छ। चीनको विरोध गरेर हङकङलाई खराब अवस्थामा पुर्‍याउने तत्वहरूको अमेरिकाले हिंसात्मक गतिविधिको लागि खुलस्त रूपमा संरक्षण प्रदान गरेबाट व्यापक हङकङबासीको मानवअधिकार, प्रजातन्त्र तथा स्वतन्त्रताको उलंघन गरिएको छ। साथै हङकङमा भ्रम छर्ने र चीनको विकासलाई मन्द पार्ने कुचेष्टा प्रष्ट्याइएको छ। अमेरिकाको यस्तो कार्वाहीको विरोध नै हङकङका देशबन्धु लगायत १ अर्ब ४० करोड चिनियाँहरू तथा अन्तर्राष्ट्रिय समाजले एक मात्र विकल्प हो।

बिगत ५ महिनायता, हङकङमा चर्कँदै गइरहेको ठूलो परिधिको अबैधानिक हिंसात्मक गतिविविधिबाट हङकङलाई असाध्य खतरनाक अवस्थामा लगिसकेको छ र यस क्रममा अमेरिकाले निकै खराब भूमिका निर्वाह गर्दै आएको पाइन्छ। अमेरिकाका यस्ता गतिविधिहरूमा हङकङलाई भ्रम पार्ने र चीनको विकासलाई मन्द पार्ने कुचेष्टा स्पष्टसँग भेटिन्छ।

हङकङबासीको मानवअधिकार तथा प्रजातन्त्रमा दमन गरेर ७५ लाख हङकङबासीको विपक्षमा उभिनु नै मानवअधिकार तथा प्रजातन्त्रको नाउँमा रहेको तथाकथित 'हङकङको मानवअधिकार तथा प्रजातन्त्र विधेयक'को वास्तविकता हो। अफगानी चीन मैत्री संघका अध्यक्ष सुल्तान अहमद बाहिमले यसरी औंल्याएका छन् कि हङकङ मामिला चीनको आन्तरिक मामिला नै हो र त्यसमाथि हस्तक्षेप गर्ने अधिकार अन्य मुलुकसँग छँदै छैन। अमेरिकी वरिष्ट कूटनीतिज्ञ चाल्स फ्रिमनले प्रकाश पार्नु भएको छ कि हिंसात्मक प्रदर्शनकारीहरूलाई विदेशले सहानुभूति देखाउनु हुँदैन।

एकातिर अमेरिकाले मानवअधिकार तथा प्रजातन्त्रको नाममा विद्रोहको समर्थन गरिरहेको छ भने अर्कातिर बढी भन्दा बढी हङकङबासीलाई हिंसा तथा धम्कीको सामु डर नलागिकन सडकमा भएका बाधा तथा अवरोधलाई हटाउनुका साथै प्रहरीको समर्थन दिने भेला गरिरहेका छन्। खुला रूपमा हिंसाको समर्थन गर्दै हङकङलाई भ्रम छर्ने अमेरिकाको खराब कार्वाहीको हङकङमा कार्यरत कतिपय विदेशीहरूले कडा निन्दा गरिरहेका छन्। साथै बारम्बार रूपमा हङकङमा चाँडै हिंसा बन्द गरेर अनुशासनको पुनर्स्थापना गर्ने न्यायोचित आवाज अन्तर्राष्ट्रिय समाजले उठाइरहेको छ।

लथालिड़गको तथा अनुशासनरहित अवस्था केही समयसम्म चलिरहेको हङकङमा स्थिरता तथा अनुशासनको पुनर्स्थापना गर्ने आवश्यक्ता ठूलो बनिरहेको छ। केही अमेरिकी राजनीतिज्ञहरूले युगको प्रवाहको विपक्षमा रहेर हङकङलाई भ्रम पार्नुका साथै हङकङमा भइरहेको हिंसा विश्वका अन्य क्षेत्रमा विस्तार गर्न सहयोग दिइरहेका छन्। अमेरिकाले हङकङको समृद्धि तथा स्थिरतालाई भङ्ग पार्दै चीनको विकासमा बाधा पुर्‍याउने यस्तो गतिविधि चाँडै बन्द गर्ने चेतावनी चीनले दिएको छ। नत्र आफ्नो गतिविधिको नतिजाबाट अमेरिकामाथि असर पर्ने कुरामा शंका छैन।

जानकारी तथा लेखहरु