फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङसी नदी डेल्टा चीनको खुलापनको नयाँ उचाइ बन्दै

(GMT+08:00) 2019-12-02 18:43:56

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदले हालै 'याङसी नदी डेल्टा क्षेत्रको एकरूपी विकास योजना कार्यक्रम'लाई सार्वजनिक गरेका छन्। सो कार्यक्रममा यसै क्षेत्रको बैदेशिक आर्थिक सहयोगलाई गहन पार्ने नयाँ दिशाहरू तथा शृङ्खलाबद्ध कदमहरू स्पष्टसँग तोकिएको छ जसबाट सर्वाङ्गीन खुलापनको दृढ पालना गर्ने चीनको महत्वपूर्ण संकेत दिइएको छ।

शाङहाइ, च्याङसु, चच्याङ, आन्ह्वीबाट बनेको याङसी नदी डेल्टा नै चीनको आर्थिक विकासमा सबभन्दा सक्रिय, खुपालनको स्तर सबभन्दा उच्च र नवीन क्षमताको सबभन्दा शक्तिशाली क्षेत्रहरूमध्येको एक मानिन्छ। जसले चीनको सुधार तथा खुलापन नक्शामा निर्णायक भूमिका खेलिरहेको छ। यस राष्ट्रिय रणनीति, बेल्ट एण्ड रोड निर्माण, पैचिङ-थेनचिन-हपै संयुक्त विकास, याङसी नदी आर्थिक करिडोरको विकास र क्वाङतुङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको निर्माणसँगसँगै नयाँ युगमा चीनले सुधार तथा खुलापन भन्ने मूल स्थिति बनाउने निर्णायक कदमहरू मानिन्छ।

हालै विश्वमा स्थिर कारक तत्व स्पष्ट रूपमा बढ्दै गएको हाराहारीमा चीनका सामु देखा परेका भित्री तथा बाहिरी चुनौताहरू बढिरहेका छन्। चीनको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने याङसी नदी डेल्टा क्षेत्रको एकरूपी विकासबाट चीनको उच्चगुणस्तरीय विकास तथा चीनको सर्वाङगीण खुपालन योजनाको सुधार एवं चीनको ठूलो निहित शक्ति भएको विकासको लागि निकै अर्थपूर्ण छ। अन्तर्राष्ट्रिय समाजबाट यही झ्यालबाट खुलापन सम्बन्धी चीनको अटल निश्चितता बुझ्न सकिन्छ र चीनको आर्थिक विकास भन्ने ठूलो अवसरलाई समात्न सकिन्छ।

जानकारी तथा लेखहरु