भोलि डिसेम्बर ३ तारिख छापिने जन दैनिक अखवारको टिप्पणी लेखमा हङकङलाई चीन विरोधी साधन मान्ने विचार विफल हुने दाबी गरिएको छ। केही अमेरिकी राजनीतिज्ञले हङकङ मामिलाबारे बारम्बार चर्चा गर्दै मानवअधिकार तथा प्रजातन्त्रको नाउँमा कालोलाई सेतो भनिरहेका र साँचो तथा झुटो साटफेर रहेका छन्। यस्तो गतिविधि ७० लाख हङकङबासीहरू लगायत १ अर्ब ४० करोड चिनियाँहरू एवं विश्वको न्यान्य र आधारभूत मापदण्डका विरुद्ध छ। अन्तर्राष्ट्रिय समाजले यस्तो गतिविधिको विरोध गर्ने कुरामा शंका छैन।
अमेरिकाले हङकङ मामिलामा हालेको कालो हातलाई फिर्ता गर्ने चेतावनी चीनले दिएको छ। तथ्यबाट प्रमाणित भएको के हो भने कसैले प्रवाह तथा जनमतको विपक्षमा रहनुको नतिजा विफल हुनेछ।