सिन्ह्वा समाचार समितिले आज डिसेम्बर २ तारिख अमेरिकाले हंगकंगलाई अराजक पारेर चीनको नियन्त्रण गर्ने दुष्प्रयास अवश्य असफल हुने शीर्षकमा लेख प्रकाशित गरेको छ।
उक्त लेखमा धेरै तथ्यबाट हंगकंगलाई अराजक पार्ने घटनापछाडि अमेरिकाको सबैभन्दा कालो हात भएको पुष्टि गरिएको छ।
हंगकंगसित सम्बन्धित अमेरिकी कानुनले तथ्यको वेवास्ता गर्नुका साथै हंगकंगवासीको फाइदाको वेवास्ता गरेर सार्वजनिक रूपमा उग्रवादी तथा हिंसात्मक तत्वलाई समर्थन गरेर हंगकंगको कानुनी शासन र समृद्धि तथा स्थिरतामाथि क्षति पुर्याएको छ। यो खराब गतिविधि ७० लाख हंगकंगवासी र एक अर्ब चालीस करोड चिनियाँ जनताको विरुद्ध मात्र होइन विश्वको न्याय, अन्तर्राष्ट्रिय आधारभूत नियमको पनि विरुद्ध छ।