फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृभूमिमा भर पर्नु नै हङकङको समृद्धि र स्थिरताको मूलभूत प्रत्याभूति

(GMT+08:00) 2019-12-03 18:24:46
हाल अमेरिकाले चीनले धेरैपटक उठाएका गम्भीर आपत्ति र कडा विरोधका बावजुद जथाभावी रुपमा तथाकथित हङकङको मानव अधिकार र प्रजातन्त्र कानुनी मस्यौदालाई कानुनको रुपमा मान्यता दिएको छ। त्यस कारवाईले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै हङकङको समृद्धि र स्थिरतालाई गम्भीर रुपमा ध्वस्त पारेको छ। तैपनि अमेरिकाको त्यस कुचेष्टा सफल हुँदैन। किनकि मातृभूभिमा भर परेर हङकङ अवश्य नै समृद्ध विकास हुने सामान्य बाटोमा फर्कनेछ।

बितेको समयमा खतरा वा चुनौती आइपरेको बेला मातृभूमिको मुख्य भूमि सधैं नै दृढताका साथ हङकङसँगै उभिंदै आएको छ। यसका अतिरिक्त मुख्य भूमिको द्रुत विकासले हङकङका लागि मूल्यवान अवसर पनि प्रदान गरेको छ।

विकास गर्नु हङकङ समृद्ध हुने आधार रहेको मात्र नभई हङकङका विभिन्न किसिमका समस्याहरूको समाधान गर्ने सही उपाय पनि हो। वर्तमान अवस्थामा एक देश दुई व्यवस्थाको फाइदा र जिवन्त शक्ति लगातार रुपमा स्पष्ट हुँदै आएको देखिन्छ। विश्वमा रहेको सबभन्दा स्वतन्त्र आर्थिक समुदाय र सबभन्दा प्रतिस्पर्धात्मक शक्ति बोकेको क्षेत्रमध्येको एकको हैसियतले हङकङको भविष्य र भाग्यको नियन्त्रण अधिकार सधैं नै हङकङका देशबन्धु लगायतका समस्त चिनियाँ जनताको हातमा रहँदै जानेछ।

जानकारी तथा लेखहरु