फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको आफ्नै हानी हुने हङकङ सम्बन्धी कानुनी प्रस्ताव विफल हुने

(GMT+08:00) 2019-12-04 18:37:31

हाल अमेरिकाले चीनको कडा विरोधका बावजुद तथाकथित हङकङको मानव अधिकार र प्रजातन्त्र सम्बन्धी कानुनी मस्यौदालाई कानुनको रुपमा मान्यता दिएको छ। त्यस कारवाहीले हङकङको समृद्धि र स्थिरतलाई बिगार्नुका साथै अमेरिकाको आफ्नो हित र अन्तर्राष्ट्रिय सामाजिक हितमा पनि हानी पुर्‍याएको छ।

देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने चीन सरकार र चिनियाँ जनताको अचल अठोट भएकाले अमेरिकाले हङकङलाई डामाडोल बनाउन र चीनको विकासलाई अवरोध गर्न खोजेको कुचेष्टा सफल हुन सक्दैन।

अमेरिकाको त्यस्तो बदमाश कारवाहीको सामना गर्दै चीनले प्रतिकार कदम चाल्नुका साथै वास्तविक अवस्था बमोजिम अरु आवश्यक कदम अपनाउने छ।

जानकारी तथा लेखहरु