फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङको प्रयोग गरेर चीनको नियन्त्रण गर्ने अमेरिकी कुचेष्टा

(GMT+08:00) 2019-12-05 18:23:15

हालै अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको तथाकथित "युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९"बाट चीनको आन्तरिक मामिलाको क्रुर हस्तक्षेप गरेको र चीन सरकारको सिनच्याङ नीति, स्थिरताको संरक्षण गर्ने आतंकबाद विरोधी कदमहरू एवं सिनच्याङ युगुर स्वायत्त प्रदेशमा मानव अधिकार अवस्थामाथि आधारहिन निन्दा पनि गरेको छ। जसबाट हिंसात्मक तथा आतंकबादी शक्तिलाई गम्भीर गलत संकेत दिएको छ। अमेरिकाको यस्तो गतिविधिको उद्देश्य सिन्च्याङको समृद्धि तथा स्थिर अवस्था तथा चिनियाँ राष्ट्रको महान पुनरूत्थान प्रक्रियालाई भङ्ग गर्नु रहेको देखिन्छ। यसो गरेर अमेरिकाले सिन्च्याङको प्रयोग गरेर चीनको नियन्त्रण गर्ने कुचेष्टलाई फेरि एक पटक प्रदर्शित गरेको छ। तापनि यस्तो कुचेष्टा विफल हुनेछ।

सिन्च्याङ समस्या जातीय, धार्मिक र मानवअधिकार समस्या होइन बरू हिंसात्मक, आतंकबाद तथा पृथकतावाद विरोधको विषय हो। बितेका लामो समययता, केही अमेरिकी राजनीतिज्ञले हिंसात्मक तथा आतंकबादी शक्तिले सिन्च्याङमा चलिरहेको हिंसाका बाबजुद यस्तो धम्की पाएका सिन्च्याङका विभिन्न जातिहरूको सुरक्षाको वास्ता गरेका छैनन्। बरू मानवअधिकार तथा धर्मको नाउँमा आतंकवादी तथा उग्रवादी गतिविधि हटाइने चीनको न्यायोचित कदममा हिलो छ्याप्दै आएका छन्।

वास्तवमा सिन्च्याङ समस्याको प्रयोग गरेको अमेरिकी कार्वाही नै अन्तर्रराष्ट्रिय जनमतको विपक्षमा छ। गत अक्टोबर महिनामा अमेरिकाले संयुक्त राष्ट्र संघीय महासभामा केही संगाती मुलुकसँगै चीनमाथि गरेको आधारहिन निन्दाको कडा विरोध व्यापक मुसलमान मुलुकहरूले गरेका थिए। १० भन्दा बढी मुसलमान मुलुक लगायत ६० वटा मुलुकका प्रतिनिधिहरूले सिन्च्याङमा भइरहेको मानवअधिकार प्रगतिको सराहना गरेका थिए। अमेरिकाले पारित गरेको तथाकथित "युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९"ले सिनच्याङमा आतंकवाद विरोधी उपलब्धिलाई अस्विकार गरिएको साथै आतंकवाद विरोधी अन्तर्राष्ट्रिय सहयोगलाई पनि गम्भीर रूपमा ध्वस्त पारेको छ।

अमेरिकाले शीत युद्धको विचार छोडेर यस्तो मसौदा कानुन बनाउने कार्य तुरुन्त रोक्नुपर्ने चेतावनी चीनले दिएको छ। सिन्च्याङ समस्याको प्रयोग गरेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा चीन-अमेरिका सम्बन्धको विकासमा बाधा पुर्‍याउने कामलाई अमेरिकाले चाँडै बन्द गर्नुपर्छ। नत्र आफ्नो यो अमेरिकाका लागि नै घातक हुनेछ।

जानकारी तथा लेखहरु