फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा परिषदका सदस्य बीचको एकता तथा सहयोग आवश्यक

(GMT+08:00) 2019-12-06 14:16:00

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले विश्वको शान्ति तथा सुरक्षाको संरक्षणलाई प्राथमिकता दिँदै सुरक्षा परिषदका विभिन्न सदस्यहरू बीच एकता तथा सहयोगलाई कायम राख्दै जाने आवश्यक्ता भएको छ। उक्त कुरा संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले डिसेम्बर ५ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दा भन्नुभएको हो।

अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षण नै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको जिम्मेवारी हो। १५ सदस्यीय सुरक्षा परिषदमा चीन, फ्रान्स, रूस, बेलायत तथा अमेरिका स्थायी सदस्य मुलुक हुन् र अन्य १० वटा अस्थायी सदस्य हुन्। अमेरिका यस महिनाको लागि सुरक्षा परिषदको अध्यक्ष मुलुक हो।

जानकारी तथा लेखहरु