फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतंकबाद विरोधी काममा बाधक नबन्न अमेरिकालाई अन्तराष्ट्रिय समुदायको सल्लाह

(GMT+08:00) 2019-12-06 18:54:45

हालै अमेरिकाले तथाकथित "युगुर मानव अधिकार नीति सम्बन्धी कानुनी मस्यौदा २०१९" पारित गरेर चीनमा भइरहेको आतंकबाद विरोधी तथा उग्रबाद हटाइने काममा हिलो छ्यापेको छ। साथै अमेरिकाले सिनच्याङ सम्बन्धी चीन सरकारको नीतिलाई बिगारेकोले अन्तर्राष्ट्रिय कानुन तथा सम्बन्धको आधारभूत मापदण्डको गम्भीर रूपमा उलंघन गरेको छ। तथाकथित कानुनी मस्यौदाबाट आतंकबाद विरोध सम्बन्धमा अमेरिकाले दोहोरो मानक देखाएको छ। मानवअधिकारको नाममा चीनको आन्तरिक मामिलामाथि क्रूर हस्तक्षेप गर्ने कुचेष्टा पनि अमेरिकाले प्रष्ट्याइएको छ। अमेरिकाको यस्तो कारवाहीबाट हिंसात्मक तथा आतंकबादी शक्तिलाई गम्भीर गलत संकेत पनि दिइएको छ र चिनियाँ जनता लगायत अन्तर्राष्ट्रिय समाजले कडा विरोध गरेको छ।

बिगत केही वर्षयता, अमेरिकाले मानवअधिकार संरक्षणको नाममा अफगानिस्तान, इराक, सिरिया आदि ठाँउमा युद्ध चलाएको छ। शान्ति र सुरक्षाको सट्टामा स्थानीय नागरिकलाई पटक पटक घरबारबिहिन बनाउँदै निर्वासित बनाएको छ। मानवअधिकारको नाममा अमेरिकाले मानवअधिकारको उलंघन गरेर प्रभुत्वबादी कारवाही चलाएकाले विश्वव्यापी रुपमा निन्दा र आलोचना पाएको छ।

सबैभन्दा खराब कुरा के हो भने अमेरिकाले आतंकबाद विरोध सम्बन्धमा कालोलाई सेतो र सेतोलाई कालो भन्ने गरेकाले यही क्षेत्रको अन्तर्राष्ट्रिय सहयोगलाई गम्भीर रूपमा ध्वस्त पारेको छ।

सिनच्याङ समस्या मानवअधिकारको, जातीय वा धार्मिक समस्या होइन बरू हिंसा, आतंकबाद तथा पृथकताबाद विरोधी विषय हो। चीन सरकारले कानुन वमोजिम आतंकबादमाथि प्रहार गर्ने तथा मानवअधिकारको प्रत्याभूति दिने कामलाई जोड्दै आएको छ। आवाजभन्दा तथ्य प्रभावकारी हुन्छ। ३ वर्षसम्म सिन्च्याङमा एउटै हिंसात्मक वा आतंकबादी घटना भएको छैन। स्थिर भइरहेको सिनच्याङ विकासको सबभन्दा राम्रो चरणमा प्रवेश गरेको छ। गत वर्ष सिनच्याङमा जी.डी.पी. अघिल्लो वर्षभन्दा ६.१ प्रतिशतले बृद्धि भएको छ। शहरी तथा ग्रामीण बासिन्दाहरूको आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले बृद्धि भएको छ। चालु वर्षको अघिल्ला १० महिनामा सिनच्याङ भ्रमणमा रहेका चिनियाँ तथा विदेशी पर्यटकको संख्या २० करोड भन्दा बढी पुगेको छ। यस्ता उपलब्धिहरू अमेरिकाले जाथाभावी रूपमा हटाउन सक्दैन।

आतंकबाद मानवजातिको साझा शत्रु हो। वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भइरहेको घडीमा आतंकबाद र उग्रबादको चुनौती पनि जटिल बनिरहेको छ। अमेरिकाले सिनच्याङ समस्याको प्रयोग गरेर चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने कुकर्मलाई चाँडै बन्द गर्दै उग्रबाद तथा आतंबाद विरोध तथा आतंकबाद सम्बन्धी सहयोगको प्रवर्द्धनको लागि हितकर काम गर्ने सल्लाह चीनले दिएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा आतंकबाद विरोधी काममा अमेरिका बाधा नबन्ने प्रस्ताव छ।

जानकारी तथा लेखहरु