फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ फेरि नेपालमा

(GMT+08:00) 2019-12-07 17:14:34
नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ फेरि नेपाल भ्रमणमा आउनु भएको छ। गत अक्टूबरमा नेपाल भ्रमणमा रहेकै बेला नेपाल सरकारले उहाँलाई सद्भावना दूत घोषणा गरेको थियो। स्वी छिङ यसपटक नेपाल रहँदा तीन ठाउँको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टका चाइना टूर प्रमोसन कमिटीका संयोजक सुदर्शन नेपालले आफू शुक्रबार अपरान्ह उहाँलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार अभिनेत्री स्वी छिङ बर्दिया, लुम्बिनी र भक्तपुर घुम्ने कार्यक्रम छ। नौ जना सहितको टोलीमा आउनु भएकी उहाँले नेपालको प्रवद्र्धन गर्ने सामाग्री निर्माण गरी प्रचारप्रसार गर्नुहुनेछ।

बर्दियामा हात्ती सफारी, लुम्बिनी र भक्तपुरको विषयमा प्रवर्द्धनात्मक भिडियो बनाउने कार्यक्रम रहेको छ। उहाँको टोली डिसेम्बर १२ मा फर्कने कार्यक्रम रहेको छ। सद्भावना दूत घोषणा भए लगत्तै उहाँले पोखराको भ्रमण गर्नु भएको थियो। पोखरामा उहाँले फेवातालमा नौकाविहार र प्याराग्लाइडिङमा रमाउनु भएको थियो। अन्नपूर्ण आधार शिविर र मर्दी हिमालको यात्रा गर्नु भएको थियो। उहाँले नेपालमा फोटोग्राफी गरेर चीनमा नेपालको व्यापाक प्रचार गर्ने प्रतिवद्धता व्यक्त गरी फर्किनु भएको थियो।

५० वर्षीया स्वी छिङ चीनकी पख्र्यात सेलिब्रेटी हुनुहुन्छ। उहाँका फ्यान फलोअर्स नै १.४ अर्ब छन। चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुले उनलाई 'समर क्विन' र हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा दिने गर्छन्।

जानकारी तथा लेखहरु