फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनच्याङको वृत्त चित्र देखेर केही पश्चिमी संचारमध्यम चुप

(GMT+08:00) 2019-12-08 17:00:09

हालै चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनबाट प्रसारण गरिएका सिनच्याङमा आतंकबाद विरोध सम्बन्धि २ वटा अँग्रेजी वृत्तचित्रमा हिंत्सामक तथा आतंकबाद एवं धार्मिक उग्रबादले सिनच्याङमा ल्याएको क्षतिलाई वास्तविक रूपमा प्रदर्शित गरेको छ। साथै पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन भन्ने आतंककारी संगठनले सिनच्याङमा गरेका अपमानजनक कुकर्महरूलाई पनि देखाइएको छ। ती भिडियोहरू सामाजिक संजालका विदेशी मंचहरुमा चर्चित बनेका छन्। कतिपय विदेशी इन्टर्नेट प्रयोगकर्ताहरूले उद्गार गरेर भनेका छन् यति रक्तपातपूर्ण हिंसात्मक कार्वाहीहरू चलाएका मानिसको मानवअधिकारको अमेरिका सरकारले पनि संरक्षण गर्न खोजिरहेको हो? आतंककारी संगठनले सर्वसाधारणलाई जथाभावी मारेको तथ्य भनेको सिनच्याङमा भएका घटनाहरूको वास्तविकता नै हो।

तापनि सिनच्याङको मानवअधिरबारे चर्चा गर्ने गरेका केही पश्चिमी संचारमाध्यमले ती २ वटा वृत्तचित्र देखेर सामूहिक रूपमा चुप लागिरहेका छन्। मानवअधिकार, प्राजातन्त्र र स्वतन्त्रताको झण्डा फहराउँदै गाली गर्नुको सट्टामा अमेरिकामा 'युगुर जातिय मानवअधिकार नीति सम्बन्धी कानुनी मसौदा २०१९'बारे कराइरहेका केही राजनीतिज्ञहरूले आकस्मिक रूपमा आवाज बन्द गरी लुक्न थालेका छन्।

शक्तिशाली प्रमाण हाम्रा सामु छ। सिनच्याङमा आतंकबाद तथा उग्रबाद विरोधी संघर्ष चलिरहेकोबारे शंका लागेकाहरूले उल्लिखित २ वटा अंग्रेजी वृत्तचित्र हेरेपछि बल्ल मनमा अन्तस्करण आउँछ। 'सिनच्याङमा आतंकबाद विरोधी संघर्ष' नामक पहिलो वृत्तचित्रमा सन् २००९ मा उरूमुछीमा भएको जुलाई ५ घटना, सन् २०१३ मा पैचिङमा भएको अक्टोबर २८ हिंसात्मक आतंकबादी घटना र सन् २०१४ मा खुनमिङमा भएको मार्च १ हिंसात्मक आतंकबादी घटनाका मौलिक भिडियोलाई समेटिएको छ। प्रशस्त तथ्य र प्रमाणबाट तीनवटा शक्तिले ल्याएको धम्कीको सामना गर्दा चीनले गरेको प्रयास तथा त्यागको रेकर्ड गरिएको छ। कालो हात भन्ने दोस्रो वृत्तचित्रमा क्रूर तथ्यबाट अतिबादी विचारको फैलावट, विभिन्न जाति बीच घृणा उठाउनु, महिला तथा बालबालिकामा क्षति पुर्‍याउनु र हिंसात्मक घटना बनाउनु भन्ने पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनका विविध कुकर्मलाई देखाइएको छ। ती तथ्यहरूबाट के प्रष्ट्याइएको छ भने अन्तर्राष्ट्रिय आतंकबादी प्रणालीको एक भाग भएको पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन नै चीनलाई मात्र होइन सम्पूर्ण विश्वको साझा सुरक्षामा धम्की तथा क्षति दिने गर्छ।

पश्चिमी मुलुकका केही व्यक्तिहरूले सिनच्याङ प्रयोग गरेर चीनको नियन्त्रण गर्ने कुचेष्टा लिएर कोरेको सिनच्याङ वास्तविक सिनच्याङ होइन बरू झुटो र हिलो छ्याप्ने काम मात्र हुन्। सिनच्याङ समस्या जातिय, धार्मिक वा मानवअधिकार सम्बन्धी विषय नभई आतंकबाद तथा हिंसात्मक एवं पृथकता विरोधी विषय हो।

ती व्यक्तिहरूले वास्तविक अवस्था बुझेर आतंकबादलाई गलत संकेत दिन बन्द गर्नुपर्छ। नत्र आफ्नो कार्वाहीबाट नराम्रो प्रतिफल प्राप्त गर्नेछन्।

जानकारी तथा लेखहरु