फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पक्षीय दृष्टिकोणबाट अन्तर्राष्ट्रिय आतङ्कवादविरूद्धको प्रयासमा हानी

(GMT+08:00) 2019-12-09 13:49:27

हालै चाइना मिडिया ग्रुपमातहतको चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात् सीजीटीएनले अंग्रेजी भाषाको वृत्तचित्र "चीनको सिन च्याङ—आतङ्कवाद विरोधको सिमाना" र "कालो हात—इटीआइएम र आतङ्कवाद सिन च्याङमा"को प्रसारण गरेको छ। जसले हिंसात्मक आतङ्कवाद र धार्मिक उग्रवादले सिन च्याङमा भएका अनेकौँ हिंसात्मक गतिविधि देखाएर त्यस समस्याको समाधान गर्न चीनले गरेको ठूलो प्रयासबारे जानकारी दिएको छ। तर आतङ्कवादको विरोधमा दोहोरो मानक लिइरहेका केही पश्चिमी मिडिया तथा राजनीतिज्ञहरू उक्त दुई वृत्तचित्रसम्बन्धमा एक पक्षीय दृष्टिकोण राख्नुका साथै सामूहिक रूपमा मौन रहेका छन्।

आतङ्कवाद र धार्मिक उग्रवाद शक्ति समस्त मानवजातिको शत्रु हो र कुनै पनि मुलुक त्यसबाट अलग बस्न पाइँदैन। तर त्यसको विश्वव्यापी प्रशासन र सिन च्याङमा कानूनबमोजिम व्यवस्थापनको वास्तविक अवस्थामा पश्चिमी राजनीतिज्ञले ध्यान दिएको छैन। उनीहरूले मानवअधिकार र प्रजातन्त्रको निहुँमा चीनको सिन च्याङ नीतिको झूटो निन्दा गरी चीनलाई विभाजनका साथै खलबल्याउन खोजेको छ।

सीजीटीएनको वृत्तचित्रले धेरै तथ्य प्रस्तुत गृदै सिन च्याङमा आतङ्कवाद विरोधको प्रगति र वर्तमानको स्थीर तथा समृद्ध अवस्था देखाएको छ जसबाट कुनै पनि नकरात्मक हल्लासँगै झूटो निन्दा गर्न पाउँदैन।

धेरै विदेशी इन्टर्नेट प्रयोगकर्ताले ती वृत्तचित्र हेरेर कमेन्ट गरेका छन्: तथ्य त्यही नै छ, ती पश्चिमी मुलुकको कपटी र दोहोरो मानकलाई देखाउने बेला भयो, आदि। चीनको सिन च्याङले अन्तर्राष्ट्रिय आतङ्कवाद विरोधको सहयोगलाई महत्वपूर्ण योगदान गरेको छ। खुला अन्धा बनेका अमेरिकालगायत पश्चिमी राजनीतिज्ञले छिटै यस्तो गतिविधि रोक्ने आशा छ।

जानकारी तथा लेखहरु