फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'नयाँ चीनको ७०औँ वार्षिकोत्सव समारोह' सीएमजीको 'फोर के' प्रत्यक्ष प्रसारण चलचित्रलाई दोस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष पुरस्कार

(GMT+08:00) 2019-12-09 13:52:15

सन् २०१९ को डिसेम्बर ८ तारिख चाइना मिडिया ग्रुपले बनाएको 'फोर के' अल्ट्रा एचडी प्रत्यक्ष प्रसारण चलचित्र "यसै समय—नयाँ चीन स्थापनाको ७०औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउने"ले दोस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको विशेष पुरस्कार पाएको छ।

यसै क्रममा राष्ट्रिय दिवस समारोह प्रत्यक्ष प्रसारणका महानिर्देशक ह शाउ वीले लगभग एक हजार कार्यकर्ता र पन्ध्र हजार सैनिकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। चलचित्रका मुख्य निर्माता छन स्याउ स्याले 'फोर के' अल्ट्रा एचडी प्रत्यक्ष प्रसारण चलचित्र एक किसिमको नयाँ कुरा भएको र फोर के/'एट के तथा फाइभ जी र एआईको ओम्नि मिडियाको गहन विकासमा केही उपयोगी प्रयास गरेको भन्दै यस पुरस्कारबाट चरणबद्ध प्रगतिको सक्रिय मूल्याङ्कन गरिएको बताउनुभएको छ।

डिसेम्बर एकदेखि आठ तारिखसम्म हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना भएको छ।

जानकारी तथा लेखहरु