फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आतङ्कवाद तथा उग्रवादविरूद्धको कार्यमा"फरक मापदण्ड" प्रयोग गर्न नहुने

(GMT+08:00) 2019-12-09 16:04:32

डिसेम्बर ९ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा चीनको सिन च्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उप सचिव एवम् प्रदेश सरकारका अध्यक्ष स्वेक्लेथी चागलले हालै अमेरिकी काङ्ग्रेस प्रतिनिधि सभाले"सन् २०१९ युगुर मानव अधिकारको राजनीति"शीर्षक प्रस्ताव प्रस्तुत गरेबाट अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको गम्भिर उल्लंघन गरेको र चिनियाँ आन्तरिक मामिलामाथि गम्भिर रूपमा हस्तक्षेप भएको व्यक्त गर्नुभएको छ।

चीनले सिन च्याङ स्वायत्त क्षेत्रमा आतङ्क तथा उग्रवादविरूद्ध चलाएका गतिविधिहरू विश्वमा अमेरिकासहित धेरैजसो मुलुकहरूले आतङ्कवाद तथा उग्रवादविरूद्ध चलाएका कार्यभन्दा कुनै फरक नभएको पनि उहाँले बताउनुभयो।

अध्यक्ष चागलले केही अमेरिकीहरूले आफ्नो पूर्वाग्रहलाई त्याग्नुपर्ने तथा आतङ्कवाद र उग्रवादको विरोध कार्यमा"फरक मापदण्ड"प्रयोग गर्न नहुने पनि व्यक्त गर्नुभयो। उहाँको भनाईअनुसार गएका केही बर्षयता सिन च्याङ क्षेत्रको बार्षिक उत्पादन मात्राको वृद्धि दर ८.५% कायम रहेको र शहर तथा गाउँका बासिन्दाहरूको बार्षिक आय वृद्धि दर ८% पुगेको जनाइएको छ।

जानकारी तथा लेखहरु