फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आँखा र कान बन्द गरेमा खराब नतिजाको वहन गर्नुपर्छ

(GMT+08:00) 2019-12-09 18:14:02
हालै चाइना मिडिया ग्रुपअन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन)ले सिन च्याङ युगुर स्वायत्त प्रदेशमा आतङ्कवाद विरोधसम्बन्धका दुईवटा अंग्रेजी भाषाका वृत्तचित्रहरू सार्वजनिक गरेको छ। योसँगै हिंसात्मक तथा आतङ्कवादी आक्रमणका धेरै मूल चित्र पहिलो पटक सार्वजनिक गरिएका हुनाले चिनियाँ र अन्तर्राष्ट्रिय ध्यानाकर्षित भएको छ। तर सिनच्याङ समस्या खोल्न मन पराउने केही अमेरिकी तथा पश्चिमा सञ्चार माध्यम र राजनीतिज्ञहरू चुप लागेका छन्। यसरी आँखा र कान बन्द गर्ने कार्वाहीले आतङ्कवादविरोधी क्षेत्रमा अमेरिका तथा पश्चिमा मुलुकको दोहोरो मापदण्डको पुष्टि गरेको छ। जसले अन्तर्राष्ट्रिय जगत्लाई खतरा संकेत दिएको छ साथै अमेरिका तथा पश्चिमा मुलुकले यसबाट हुने खराब नतिजाको वहन गर्नुपर्छ।

तर आतङ्कवाद अन्तर्राष्ट्रिय जगतको साझा शत्रु हो। अमेरिका र पश्चिमा मुलुकले सिनच्याङ युगुर स्वायत्त प्रदेशमा आतङ्कवादी तत्वको खतरनाक गतिविधिलाई साधारण रूपमा स्वीकार गर्ने धारणाले अमेरिका तथा पश्चिमा मुलुकलाई प्रभाव पार्नेछ। उदाहरणका लागि पहिला अमेरिकाले अफ्गानिस्तानमा सोभियत संघको विरोध गर्नका लागि ईस्लामिक वर्गलाई अफ्गानिस्तानको "पवित्र युद्ध"लाई समर्थन दिन उक्साएको थियो। त्यसैले विन लादेनको नेतृत्वमा अल-कायदा तिव्र रूपमा विकासित भएर अन्त्यमा "सेप्टेम्बर ११" दुर्घटना रचेको थियो। केही वर्षयता अमेरिका र पश्चिमाका केही व्यक्तिहरूले सिरिया सरकारी सेनासँग युद्ध गर्ने विविध विपक्षीय शक्तिलाई समर्थन गरेका छन्। त्यसैले उग्रवादी संगठनले पनि तिव्र गतिले आफ्नो प्रभाव विस्तार पारेर विश्वव्यापी रूपमा आतङ्कवादी आक्रमण गरेका छन्।

हाल अमेरिका र पश्चिमाका केही व्यक्तिहरूले सिनच्याङ समस्यामा फेरि उस्तै कदम चलेर पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनलगायत आतङ्कवादी संगठनलाई समर्थन गरेका छन्। यो आतङ्कवाद तथा उग्रवादको संरक्षण र उक्साहट हो। जसले अन्तर्राष्ट्रिय आतङ्कवादविरोधी सहयोगमाथि गम्भीर क्षति पुर्याउनुका साथै विश्वलाई अझै अस्थिर पार्नेछ।

जानकारी तथा लेखहरु