फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुनै पनि शक्तिले सिन च्याङको स्थीरता तथा सुदृढ विकासलाई रोक्न सक्दैन

(GMT+08:00) 2019-12-09 18:36:46
डिसेम्बर ९ तारिख चीनको सिन च्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उप सचिव एवम् प्रदेश सरकारका अध्यक्ष स्वेक्लेथी चागलले सिन च्याङ क्षेत्रको स्थीरता तथा सुदृढ विकास र क्षेत्रीय विभिन्न जातीय जनताहरूको मैत्रीपूर्ण सम्बन्धलाई कुनै पनि शक्तिले भत्काउन नसक्ने बताउनुभएको छ। साथै उहाँले हालै अमेरिकी काङ्ग्रेस प्रतिनिधि सभाले"सन् २०१९ युगुर मानव अधिकारको राजनीति"शीर्षक प्रस्ताव प्रस्तुत गरेबाट अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको गम्भिर उल्लंघन गरेको र चिनियाँ आन्तरिक मामिलामाथि गम्भिर रूपमा हस्तक्षेप भएको पनि व्यक्त गर्नुभएको छ।

चीनको राज्य परिषदको प्रेस कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष स्वेक्लेथी चागलले सिन च्याङ युगुर स्वायत्त प्रदेश चीनको पश्चिमी क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र हुनुका साथै"एक बेल्ट एक रोड"शीर्षक प्रस्तावको एउटा महत्वपूर्ण केन्द्र रहेको पनि औंल्याउनुभएको छ। चीनले सिन च्याङको क्षेत्रीय आर्थिक तथा सामाजिक विकासका लागि विशेष रणनीति बनाउनुका साथै चिनियाँ केन्द्रीय वित्तले हरेक बर्ष सिन च्याङमा ४ खर्ब चिनियाँ युआन प्रदान गर्दैआएको छ। यसका साथै चीनका १९ वटा विभिन्न प्रान्त तथा शहरहरूले हरेक बर्ष सिन च्याङ युगुर स्वायत्त प्रदेशमा लगाएको लगानी रकम १५ अर्ब चिनियाँ युआन पुगेको पनि उहाँले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु