फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनच्याङ सम्बन्धी अमेरिकी मस्यौदाको कडा निन्दा

(GMT+08:00) 2019-12-09 18:48:33
हालै अमेरिकी तल्लो सदनबाट तथाकथित 'युगुर मानवअधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको छ र युगुर स्वायत्त प्रदेशका विभिन्न जातीय सर्वसाधारणले रोष व्यक्त गरेका छन्।

सिनच्याङ युगुर स्वायत्त प्रदेशको महिला संघका अध्यक्ष आइनुर माइहसाइटीको विचारमा चिनियाँ कम्युनिष्ट पार्टी नभएमा सिनच्याङको सुरक्षा तथा स्थिरता नहुने र सुखमय जीवन पनि नहुने कुरा सिनच्याङका विभिन्न जातीय सर्वसाधारणले बुझेका छन्। सिनच्याङका सर्वसाधारणले कुनै बाह्य शक्तिलाई सिनच्याङ मामिलामाथि हस्तक्षेप गर्नदिने छैन।

फिशान जिल्ला लेखाजोखा व्यूरोमा कार्यरत् कुलिचिर एरेटीले अमेरिकासँग उनीहरूको जीवनको आलोचना गर्ने योग्यता नभएको बताएकी छिन्। उनका बुवा एरेटी मामुटि जो फिशान सार्वजनिक सुरक्षा व्यूरोका पूर्व प्रमुख हुन् उनले सन् २०१६ सेप्टेम्बरमा आत्मघाटी विष्फोटनमा परी ज्यान गुमाएका थिए। हाल सिनच्याङको सुन्दर तथा स्थिर अवस्था मेरा बुवाजस्तै बहादुरको जीवनद्वारा जितेको हो, उनले भनिन्, कुनै पनि व्यक्तिलाई हाम्रो सुन्दर सिनच्याङलाई कालो पार्न दिने छैन।

जानकारी तथा लेखहरु