फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघलगायतका संस्थाको प्रतिवेदनअनुसार अमेरिकामा मानव अधिकार उल्लंघन समस्या छ

(GMT+08:00) 2019-12-09 18:57:32

संयुक्त राष्ट्र संघलगायतका संस्था र संगठनद्वारा हालै प्रकाशित प्रतिवेदन र टिप्पणीका अनुसार, अमेरिका र यूरोपेली संघका केही मुलुकमा अवैध रूपमा आप्रवासी बच्चा थुन्ने र बालकको अधिकार तथा हित कुञ्चित गर्ने आदि मानव अधिकार उल्लंघन समस्या रहेको छ। सोप्रति चीनले चिन्ता व्यक्त गर्नुका साथै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले ९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, मानव अधिकारको संरक्षण बोल्ने कुरा होइन, अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने निहुँ पनि होइन, बरू जिम्मेवारवोध हुनुपर्छ। भोलि मङ्गलबार विश्व मानव अधिकार दिवस हो। चीनले अमेरिकालाई सो अवसरमा बचनबद्धतालाई व्यवहारमा उतारेर स्वदेश तथा अन्तर्राष्ट्रिय मानव अधिकार कार्यको विकासका लागि साँच्चिकै काम गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु