फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिनच्याङ समस्यामा पश्चिमा सञ्चार माध्यमको मुख बन्द

(GMT+08:00) 2019-12-09 20:10:49
हालै चाइना मिडिया ग्रुपमातहतको चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात् सीजीटीएनले दुईवटा अंग्रेजी भाषाको वृत्तचित्रको प्रसारण गरेको छ। तर सिनच्याङको समाचरमाथि सधैं ध्यान दिएका मुख्य पश्चिमा सञ्चार माध्यमहरू सामूहिक रूपमा मौन रहेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङका अनुसार, सञ्चार माध्यमले सक्रिय तथा निष्पक्ष रूपमा दर्शकलाई वास्तविकता तथा तथ्यको जानकारी दिने सामाजिक जिम्मेवारी वहन गरेको छ।

९ तारिख आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले पश्चिमा सञ्चार माध्यमका सम्वाददातालाई यसरी प्रश्न सोध्नुभयो - केही झूटाहरू सिनच्याङ समस्याबारे ठूलो झूटको हल्ला मचाउँदै गर्दा तिमीहरू ज्यादै उत्साहित बनेका थियौ। तर सिनच्याङको वास्तविकता तथा तथ्य सार्वजनिक भएको बेलामा तिमीहरू कता भागेका छौ। र किन? तिमीहरूलाई के चिन्ता लाग्यो? के डर लाग्यो? तिमीहरूले किन राम्ररी आत्मपरीक्षण गर्दैनौ?

जानकारी तथा लेखहरु